रुपन्देही, मंशिर २१
आफ्नै बा आमाको हत्या गरेको आरोपमा रुपन्देहीमा एक यूवा पक्राउ परेका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का गोरख अहिर यादवले ७५ वर्षीय बाबु रामनारायण र ७२ वर्षीय आमा ठगना अहिरको हत्या गरेको प्रहरीले बताएको छ ।
घरेलु हतियारको आक्रमणबाट बाबुको घटनास्थलमै र आमाको घाइते भएपछि उपचारका लागि अस्पताल लाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बाआमामाथि आक्रमण भएको देखेपछि जोगाउन गएका उनका दाजु जोगिन्दर पनि घाइते भएका छन् । घाईते जोगिन्दरको भैरहवामा रहेको युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेका गोरख अहिरले हत्या स्वीकार गरेको र उनको मानशिक अवस्था ठिक नरहेको प्रहरीले जनाएको छ ।