चार जिल्लाका प्रहरी प्रमुख फेरिए ८ प्रहरी उपरिक्षकको सरुवा


काठमाण्डौं, मंशिर २१

चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले पुलिस एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरेको छ भने धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा सरुवा गरेको छ । सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै विश्वमणि पोखरेललाई सर्लामी खटाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर पठाई ट्राफिक महाशाखाका एसपी रवि पौडेललाई काभ्रे खटाएको छ । स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्साल हेर्डक्वाटर पुगेका छन् भने प्रहरी मुख्यालयको कानुन शाखाका एसपी जनार्दन जिसिलाई स्याङ्जा खटाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *