बिद्यालय हिडेकी बालिका बलात्कृत

गुल्मी, मंशिर २१
बिद्यालय हिडेका बालिका बलात्कृत भएकी छिन् । गुल्मीको रुरु गाउँपालिकाकी १० बर्षिया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न भएको आरोपमा रुरु गाउँपालिका ३ का सवारी चालक भोज बहादुर सार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई विद्यालय पुर्याउने भन्दै गाडिमा चढाएको केही बेरमै बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन बहादुर घलेले घटनाको बिषयमा अनुसन्धान भैरहेका जानकारी दिनुभयो ।