पाल्पामा भएको जिप दुर्घटनामा चालक र सहचालकको ज्यान गयो 

 

पाल्पा, मंशिर १९

पाल्पामा भएको जिप दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ । बिरामी बुटवल पुर्याएर पाल्पा फर्किदै गरेको लु १ ज ४२२०९ नम्बरको जिप सिद्धार्थराजमार्गको चौबिसमाईलमा  दुर्घटना हुँदा रैनादेबीछहरा गाउँपालिका ५ का २६ बर्षिय चालक दिलिप बमरेल र १७ बर्षिय सहचालक कृष्ण कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।