रोकियो भ्रमण बर्ष २०२०

काठमाण्डौं, फागुन १९,
भ्रमण बर्ष २०२० स्थगित भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल सरकारले भ्रमण बर्ष २०२० लाई स्थगित गरेको हो । मन्त्रीपरिषद बैठकले भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीलेनै भ्रमण बर्षलाई स्थगित गर्ने प्रस्ताव राख्नुभएपछि त्यसलाई कार्यान्वयन गरिएको जनाइएको छ ।