अन्जना सारुको “कस्तो होला है “ नामक पन्चेबाजा बजारमा

विक्रम बारघरे
पाल्पा, फागुन ६,
इमेज लोक कलाकार अन्जना सारुमगरको “कस्तो होला है ” नाम लोक दोहोरी बजारमा आएको छ । मगरी संस्कृतिमा आधारित पन्चेबाजामा रहेको यो गितमा अन्जना सारु र जितन घर्तीको स्वर रहेको छ । चर्चित लोक गायक प्रसाद खप्तरीको लय, शेरजङ्ग आलेको शब्द तथा निर्देशनमा रहेका कस्तो होला है जल्पा पाल्पाको ढोलीमारामा छायाङ्कन गरिएको छ ।

आरुशी मगर र सुमन थापा संगै हास्य कलाकार सन्जय बुढाथोकी र धिरज मगरको अभिनय छ । आशिष अबिरलको एरेन्ज, दुर्गा पौडेलको छायाङ्कनमा रहेको गितलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् । लोक गायिका अन्जनाको यस अघि बरिखा लाउँदा , आईन आफै परदेशी, सालि भेना जस्ता गितहरु वजारमा आइसकेका छन् ।