लोक गायक बद्री पंगेनीलाई पितृ शोक

देब पचभैया
पाल्पा, माघ २०,

लोक तथा दोहोरी गायक बद्री पंगेनीलाई पितृशोक परेको छ । रामपुर, पाल्पा निवासी बद्रीका ७० बर्षिय बुवा बोधराजको उपचारको क्रममा काठमाण्डौं स्थित ग्रिनसिटि अस्पतालमा सोमबार बिहान निधन भएको गायक तथा हास्यकलाकार निर आले मगरले जानकारी दिनुभयो । लामो समय देखि दमको रोगबाट पिडित बोधराजको केही समय अघि देखि नै अस्पतालमा उपचार भैरहेको थियो ।

उहाँका दुई छोरा र एक छोरी छन् । राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपालका निबर्तमान केन्द्रिय अध्यक्ष समेत रहेका बद्री पंगनीलाई पितृशोक परेपछि बिभिन्न जिल्लाका दोहोरी प्रतिस्ठानहरुले शोकबिज्ञप्ती निकालेर दिबंगत आत्माको चिरशान्ती र परिवार जनमा शमबेदना दिएका छन् । बोधराज समाजसेवीको रुपमा परिचित हुनुहुन्थ्यो ।