रक्सीको नसामा ७८ वर्षिया बृद्धालाई करणी गर्ने युवा पक्राउ

पाल्पा, असार १७

७८ वर्षिया बृद्धालाई करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी ७८ वर्षिया वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा रोल्पा लुङग्री ७ घर भई हाल माथागढी गाउँपालिकामा कुलो निर्माणको काममा रहेका १९ वर्षिय शंकर विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घरमा कोही नभएको समयमा मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।