गाउँ शहरमा कोरोनाको लक्षण देखिएपछि वडावाटै कोरोना परिक्षणको शुरु
पाल्पा, जेठ १०
शहर तथा ग्रामिण भेगमा समेत कोरोना संक्रमणको लक्षण देखिन थालेपछि पाल्पाको तानसेन नगरपालिकाले सबै वडामा पुगेर कोरोना परिक्षणको शुरुवात गरेको छ । पाल्पा अस्पतालको समन्वयमा आज देखि स्वाव संकलन गर्ने कार्य शुरु भएको नगरप्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो । घुम्ती शिबिर मार्फत वडा नम्बर १ देखि १४ वटै वडाबासीको कोरोना परिक्षण गरिने नगर प्रमुख शाहीको भनाई छ ।

नगरभित्रका टोल तथा गाउँका अधिकांस स्थानमा रुघाखोकी, ज्वोरो लगाएत कोरोना संग मिल्ने लक्षण देखिएपछि यर्थाथ जानकारी पाउन र बास्तमिक संक्रमितलाई तत्काल उपचारका लागी सबै वडाबासीको स्वास्थ्य परिक्षण शूरु भएको तानसेन नगरपालिकाले जनाएको छ । झण्डै हजार बढी संक्रमित रहेको तानसेनमा ४७६ जना सक्रिय संक्रमित छन् ।

२ शय ५० बढी १ बर्ष देखि १६ बर्ष उमेर शमुहका बालबालीकाहरु कोरोना संक्रमण बाट प्रभावित भएका छन् । संक्रमणको दर बढ्दै गएपछि तानसेन नगरपालिकाले २२ बेडको आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।

त्यसलाई थपेर ५० बेडको बनाइने नगरपालिकाको भनाई छ।कोरोना संक्रमण बाट तानसेन नगरपालिका भित्रमात्रै ३३ जनाले ज्यान गुमाएका छन् ।