भारत र चिन विचको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गयो
काठमाण्डौं, असार ३
भारत र चीनिया सैनिक बिच भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको छ । विवादित सीमा क्षेत्र लद्दाखको गलवानमा भारत र चिनियाँ सैनिक बिच झडप भएको हो । बीबीसीका अनुसार १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको ज्यान गएको हो । भारतीय सेनाका अनुसार पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप हो । अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण ज्यान गुमाएका बीबीसीले जनाएको छ । चिनिया सेना संग झडप हुन थालेपछि बिदामा आएका भारतीय सेनामा कार्यरत नेपालीलाई भारतले तत्काल फर्किन निर्देशन दिएको छ ।