कुवेतमा सङ्क्रमित नेपाली २९ पुगे, मलेशियामा ९४ पुगे
काठमाण्डौं, बैशाख ११,
कुवेतमा थप पाँच जना नेपालीमा को*रोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुवेतमा सङ्क्रमित नेपालीको संख्या २९ पुगेको छ । यसअघि कुवेतमा २४ जना नेपालीमा को*रोना सङ्क्रमण देखिएको थियो । नेपाली श्रमिकको श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा को*रोना सङ्क्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन ।