
ज्वालादेवी मन्दिरको आठौँ वार्षिकोत्सव तथा मन्दिर शिलन्यास
पाल्पा-रामपुर नगरपालिका वडा नं १० होस्दीको फुलवारीमा नयाँवर्ष २०८० को पावन अवसरमा ज्वालादेवी मन्दिर संरक्षण समितिको आठाैं वार्षिकोत्सव तथा ज्वालामाई मन्दिरको शिलान्यास कार्यक्रम भएको छ । ज्वालादेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।
प्रदेश सभा सदस्य श्रेष्ठले मन्दिरको शिलान्यास गर्नुहुदै पछिल्लो समय भौतिकवादले समस्या भएको, पश्चिमा संस्कृतिले विभिन्न विकृती ल्याएको हुदा धार्मिक कार्यका गतिविधिले विकृती विसंगती रोक्न सघाउ पुग्ने बताउनुभएको छ । विकासमा एकजुट हुन सकिएन भने पछाडी परिने बताउनुहुदै सबैको साथ सहयोगमा विकासका काम गर्ने, कालिगण्डकी करिडोरले यो क्षेत्रमा ठुलो विकासका गतिविधि अगाडी बढेको हुदा यस सडक आसपासका क्षेत्रमा योजनाबद्द तरिकाले विकासमुलक काम गर्नुपर्नेमा प्रद...