बाल्यकाल र आँप बगैँचा
सुनिता गाहा, पाल्पा ( हाल काठमाण्डौं )
टिङ टिङ टिङ टिङ टिङ
टिनिनिनिनिनिनिनि११११११११११
यो घण्टी मेरो प्यारो विद्यालयश्री राम आधारभुत विद्यालयमा शुक्रबारको दिन बजेको घण्टी हो । घण्टीठ्याक्कै अपराह्न्न १२ ः ४५ मा बजेको थियो । घण्टी बज्नासाथ कक्षाकोठाबाट ठेलमेल गर्दै हुरुरुरुरुरु दौडिनु हामी विद्यायार्थीहरुको विशेषता थियो । कसैलाई घर छिटो पुग्नुथियो । कसैलाई विद्यालयको प्राङ्गणमा भकुन्डो खेल्नु थियो,कसैलाई गृहकार्य सक्काउनु थियो त कसैलाई डुल्न जानु थियो । म पनि त्यहि हुलमा ठेलमेल गर्दै थिए ताकि मलाई पनि आँप टिप्न जानु थियो । हाम्रो यो योजना एक हप्ता अगाडि देखिको हो जुन म, मेरो झ्याबाको छोरा९भाइ० र घर छेउको भदैनीले बनाएका थियौ । म घण्टी बज्ने बित्तिकै कक्षाबाट बाहिर निस्केर सिधै भदैनी खोज्न कक्षा ५ तिर हुर्रिए , किनकि उनि कक्षा ५ मा अध्ययनरत थिइन् । म उनि भन्दा २ बर्षले ठुलि थिए यानिकि...