
१४ गते देशैभरी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा
काठमाण्डौ, पौष ९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहले जनाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय भएको हो ।
बैठकले संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोेच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको हो । नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो प...