
विश्वकप छनोट क्रिकेट : नेपालले आज पहिलो खेलमा जिम्बावेसँग भिड्दै
आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेवालले आज आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ।
नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्न चाहान्छ । त्यसको लागि नेपालले ब्याटिङलाई ध्यानमा राख्दै प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट परिवर्तन गर्ने सम्भावना छ ।
स्पिनर ललितनारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई मैदान उतार्न सक्छ । जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् । दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थिय...