ट्रेन्डिङ

आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

Business, Sports, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो । गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।...
गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, प्रवास, मनोरन्जन
मुम्बई । बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ । धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन । ‘मलाई संगीत मनपर्छ । मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ । यिनीहरुका लागि म माफी माग्दिनँ । मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ । मलाई सबै कुरा गर्न मजा लाग्छ । तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन् । करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन् । ‘म गम्भीर हुन चाहन्...
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
नेपाल शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा ज्ञवाली

नेपाल शिक्षक महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा ज्ञवाली

breaking news 2, Business, जीवनशैली, ट्रेन्डिङ, स्थानीय खबर
तानसेन। तिनाउ गाउँपलिकास्थित नेपाल शिक्षक महासंघको दोस्रो अधिवेशन तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सामा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ पाल्पाका सचिव ध्रुव न्यौपानेले शिक्षकहरुको छाता संगठनको रुपमा रहेको शिक्षक महासंघलाई गतिशील बनाई आफ्नो अधिकारका रुपमा स्थापित गराउनु पर्नेमा जोड दिए । विशिष्ट अतिथिका रुपमा रहेका वातावरणविद् विजय हितान मगरले नेपाली र बेलायती शिक्षाका बारेमा तुलनात्मक विश्लेषण गर्दै नेपालको वन,वातावरण र जैविक विविधता संरक्षणमा संसारमै उत्कृष्ट रहेको बताए । उक्त अधिवेशन कार्यक्रममा तिनाउ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले तिनाउको शैक्षिकस्तर उकास्नका लागि शिक्षक महासंघ कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिदै शैक्षिक वहसका निम्ति तिनाउ सरकार तयार रहेको बताए । शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्नेमा दुई मत नरहेको उन...
सवारी दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

breaking news 2, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं ।रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।...
सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना

सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने . उपसभामुख राना

breaking news 1, जीवनशैली, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
तानसेन। प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले समयको दुरुपयोगले पनि भ्रष्ट्राचार मौलाएको बताएकी छन् । सनिवार पाल्पाको तानसेनमा नेपाल आदिवासी जनजाति महासंघले राखेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले पैसाको लेनदेन मात्रै भ्रष्ट्राचार नभएको बताएकी हुन् । अहिले संसदमा दैनिक जस्तो सामान्य कुरामा विवाद चर्कका कुरालाई संकेत गर्दै सबैले समयको पालना गर्नुुपर्ने बताइन् । रानाले भनिन, “राजनीतिक दल र सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । कैयौं वर्ष वित्दासम्म एउटा योजना सम्पन्न हुन नसक्दा देशको अवस्था नाजुक बनेको उनको दाबी छ ।” उनले भनिन्, “म जन्मिदा रेखाङ्कन भएका बाटो अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सुगम भनिएका जिल्लामा पनि विकासले गति लिन सकेको छैन। अहिले पनि मानिसहरु समयमा उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने समस्या यथावत छ । यस्तो अव...
आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

Politics, ट्रेन्डिङ, राष्ट्रिय खबर
काठमाडौं। आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संसोधनसहितको दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् । र, सो मस्यौदा प्रतिवेदन माथी प्राप्त संसोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।...
गुल्मीमा आपसी विवादमा हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा आपसी विवादमा हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

Breaking News, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर
गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती करिव १ बजेको समयमा घरयासी बिवादका क्रममा बाबुले हसिया प्रहारगर्दा छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ । जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट प्रहरी स्थलमा पुगि बाबू दिलबहादुरलाई हसिया सहित नियन्त्रणमा दिएको छ । घाइते छोरालाइ गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए स्मरण रहोस केही वर्षअघि त्यसटोलका छिमेकी कुखर...
पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

LifeStyle, Technology, ट्रेन्डिङ, राष्ट्रिय खबर
स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगमा वर्षा र तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आइतबार बिहान बागमती र गण्डकी प्रदेशको मौसम सफा छैन। दिउँसो र राति कोशी प्रदेशको पहाडी भूभाग र बाँकी प्रदेशको पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। सोमबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको केही स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थान वर्षाको वर्षाको सम्भावना रहे पनि बाँकी प्रदेशको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

Sports, Technology, अन्तर्राष्ट्रिय खबर, खेलकुद, ट्रेन्डिङ, प्रवास, राष्ट्रिय खबर
फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन्। शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सिमित लेन्सलाई ३–१ गोल अन्तरले पाखा लगायो। लिग १ को शीर्षस्थानमा रहेको पीएसजीले ५ अंकको अग्रता बनाएको छ। खेलको ३१औं मिनेटमा एमबाप्पेको गोलमा पीएसजीले लेन्सविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। आफ्नो १६९औं लिग खेलमा १३९ गोल गरेका एमबाप्पेले एडिन्सन काभानीलाई पछि पारेका हुन्। लिगको शीर्ष २ बीचको महत्त्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९औँ मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। पीएसजीका लागि ३७औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे। ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे। गएरातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३...