जीवनशैली

सामाजिक चित्रणसहित प्रकाश शपुतको ‘सकम्बरी’ : ३ दिनमै कमायो २० लाख भ्युअर्स

सामाजिक चित्रणसहित प्रकाश शपुतको ‘सकम्बरी’ : ३ दिनमै कमायो २० लाख भ्युअर्स

Breaking News, Entertainment, जीवनशैली, ट्रेन्डिङ, मनोरन्जन, राष्ट्रिय खबर
विभिन्न सामाजिक विषय वस्तुलाई संगीतको माध्येमबाट चोटिलो प्रहार गर्न माहिर मानिएका गायक प्रकाश सपुतले यस पटक ल्याएको ‘सकम्बरी’ २० लाख भ्युहर्स बटुल्दै युटुवमा ट्रेन्डिङ–१ मा पर्न सफल भएको छ । विहिबार सार्वजनिक ‘सकम्बरी’ले रिलिज भएको ३ दिनमै यो समाचार तयार पार्दासम्म करिब २० लाख भ्युअर्स, १ लाख २८ हजार बढी लाईक र साढे ८ हजार बढी कमेन्ट प्राप्त गर्न सफल भएको छ । गरिबी, अशिक्षा, पारिवारिक यातना र आफ्नो महत्वकांक्षा पूरा गर्न शहर पसेकी ‘फूलमाया’ पात्रको माध्यमबाट सामाजिक यथार्थता तथा कलाकारिता क्षेत्रको रंगीत दुनियाभित्र हुने अध्यारो दुनियाका बारेमा ‘सकम्बरी’ले चित्रण गरेको छ ।...
डेटिङमा डर, उमेर हद तोक्न कति जरुरी ?

डेटिङमा डर, उमेर हद तोक्न कति जरुरी ?

जीवनशैली, ट्रेन्डिङ
लक्ष्मीनानी थापा, अधिवक्ता काठमाण्डौं, भाद्र २४ वैंसालु उमेरमा प्रेम सम्बन्ध गाँस्नु आश्चर्यको कुरा भएन । प्रेम सम्बन्धमा रहेको बेला दुनियाँको नजर छल्दै भेटघाट गर्ने, माया–पिरतीका मीठा–मीठा बात गर्ने कुरा पनि दुर्लभ रहेन । किनभने प्रेम एक यस्तो संवेगात्मक मोड हो, जुन चरणबाट हरेकजसो व्यक्ति गुज्रिएका हुन्छन ।भन्न त प्रेमको कुनै सीमा हुन्न भनिन्छ । यद्यपि डेटिङका सन्दर्भमा भने विश्वका कति मुलुकले निश्चित सीमा र सर्तहरु राखेका छन् । खासगरी डेटिङ बहानामा हुनसक्ने सम्भावित यौन दुव्र्यवहार, बलात्कार वा अपराधहरुबाट जोगिन यसमा उमेरको सीमा तोकिएको पाइन्छ । अतः विश्वका अधिकांश मुलुकमा १८ वर्षपछि मात्र डेटिङका लागि अनुमति दिइन्छ भने कुनै मुलुकमा १६ वर्षपछि । अर्थात तोकिएको उमेरपछि मात्र तिमी आफ्नो जीवनका लागि स्वविवेकले निर्णय लिन सक्छौं भनिएको हुन्छ । तर हाम्रो कानुनमा यस्तो निश्चित प्रावधान...
को हुन् सत्यवति गाउँपालिका, गुल्मीमा  उपप्रमुखका उम्मेद्धार निरमाया ?

को हुन् सत्यवति गाउँपालिका, गुल्मीमा उपप्रमुखका उम्मेद्धार निरमाया ?

जीवनशैली
गुल्मी, बैशाख २५ सत्यवती गाउपालिका २, चेहेमीमा स्थाई बसोबास गर्नुहुने स्वर्गिय बुवा गोपाल तरामु मगर र आमा देवकली तरामु मगर को कोखबाट आठ सन्तान मध्य छैठौ र चार छोरी मध्य (साईली ) तेस्रो सन्तान को रुपमा २०४१ सालमा जन्मनुभएका निरमाया तरामु मगरले प्रारम्भिक शिक्षा घर नजिकैको श्री लक्ष्मिपुर निम्नमाध्यमिक बिद्यालय बाट सुरुगर्नुभएको थियो । कक्षा आठ देखी एस्एलसी सम्मको अध्ययन श्री आदर्श माध्यमिक बिद्यालय, स्याङजा बाट प्राप्त गर्नुभयो । एसएलसी पस्चात थप अध्ययनलाई निरन्तरता दिन बुटवल बहुमुखी क्याम्पस, बुटवलको ढोकामा पुग्नुभएकी निरमाया ज्यू ले त्रिभुवन बिश्वबिद्यालय बाट नेपाली बिषयमा स्नाकोत्तर र राजनैतिक सास्त्र बिषयमा अध्ययन गर्नुभएको छ । शैक्षिकज्ञान हासिल गरिसकेपछी उहॉले सहरिया रमझम छोडी आफुले प्राप्तगरेको ज्ञान सिप र अनुभव जन्मथलोका भबिस्यका ति कर्णधार बालबालिकाहरु संग साटासाट गर्ने निधो गर्...
अलविदा कृष्ण सर

अलविदा कृष्ण सर

जीवनशैली
कतिपयमानिसका मृत्युले वास्तवमा समाजकालागिअपुरणीय क्षति पु¥याउँछन् । अहिले पाल्पामा यस्तै भएको छ । तानसेनको सेन माध्यमिकविद्यालयकाप्रधानाध्यापक कृष्णबहादुर मल्लको उपचारकाक्रममायही साउन२२ गते साँझ मृत्यु भएको छ । उहाँमाकोरोनाभाइरस संक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको रपाँचदिनको जिल्ला अस्पताल, तानसेनको उपचारपछि थपउपचारकालागि मेडिसिटी अस्पताल, काठमाडौंमालगिएको थियो । निरन्तर अक्सिजनदिनुपरेकामल्लको आइ. सि. यु. र भेन्टिलेटरमाउपचार भैरहेको थियो । दूर्भाग्यउहाँबाँच्नु भएन । सानो उमरमै आमागुमाउनुभएका कृष्ण सरको बुवादुई वर्ष अगाडि बित्नु भएको थियो । भरखर ५२ वर्ष मात्रपुगेका कृष्ण सरको चितवनकिनिर्मला ठकुरीसँगविवाहभएको थियो । उहाँहरूकादुई छोराहरू छन् क्रमशः १० वर्ष र सातमहिनाको । यसरी निर्मला म्याडम र छोराहरूमाथि ठूलो बज्रपातभएको छ । दैव यति धेरै निष्ठुरी किनबनेको हो ?त्यो सातमहिनाको बालकले बु...
कोरोना सङ्क्रमणको संख्यामात्रै घटेको हो, जोखिम घटेको छैन सावधानी जरुरी छ

कोरोना सङ्क्रमणको संख्यामात्रै घटेको हो, जोखिम घटेको छैन सावधानी जरुरी छ

जीवनशैली
काठमाण्डौं, जेठ १८ पछिल्लो समय कोरोना सङ्क्रमणको संख्यामात्रै घटेको तर जोखिम नघटेको भन्दै सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । गएको एक हप्तायता कोरोना सङ्क्रमितको संख्या घट्दैको र निको हुनेको संख्या बढ्दै जान थालेको छ । यही जेठ ११ गतेसम्म आठ हजारको हाराहारीमा सङ्क्रमित देखिने गरेकोमा त्यो संख्या घटेर अहिले झण्डै चार हजारमा झरेको छ । जेठ पहिलो हप्ता ३९ प्रतिशतमा सङ्क्रमण देखिएकोमा दोस्रो हप्ता घटेर ३७ प्रतिशतमा पुगेको थियो । पछिल्ला तीन दिनको औसत दर ३० प्रतिशत छ । सोमबार अझै घटेर २७ दशमलव २२ प्रतिशतमा सङ्क्रमण देखिएको छ । एक हप्तायता मृत्युदरमा पनि कमी आएको छ । सङ्क्रमण घटे पनि ढुक्क हुने अवस्था नरहेको भन्दै विज्ञहरुले अझै सचेत रहन आग्रह गरेका हुन् । अहिले सहरको तुलनामा गाउँमा सङ्क्रमण बढ्न थालेको छ । गाउँघरमा स्वास्थ्य मापदण्डको पालना कम भएकाले सङ्क्रमण बढेको भन्दै विश...
गर्मी शुरु भएपछि स्वास्थ्यमा समस्या हुने भन्दै विशेष ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह

गर्मी शुरु भएपछि स्वास्थ्यमा समस्या हुने भन्दै विशेष ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह

जीवनशैली
काठमाण्डौं, चैत्र १, गर्मी मौसम सुरु भएको छ । अव स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले बिशेष सावधानी अपनाउन स्वास्थ्य कर्मीले आग्रह गरेका छन् । गर्मीको समयमा खानपानबाट सर्ने सङ्क्रामक रोग देखिने हुँदा विशेष ख्याल गर्न सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले आग्रह गर्नुभएको छ । खानपान र जीवनशैलीमा ध्यान नदिए टाइफाइड, झाडापखाला, जन्डिस, मलेरिया, ज्वरोलगायत स्वास्थ्य समस्या देखिने डा. पुनको भनाइ छ । विभिन्न रोगको संक्रमण भएमा ज्वरो आउने, वाकवाक लाग्ने, पखाला लाग्ने, भोक नलाग्ने, शरीर बोझिलो र आलस्यमय हुने लक्षण देखिने गर्दछ । यस्ता समस्याबाट जोगिन बाहिर बनेको खाना नखाने, पानीलाई राम्ररी उमालेर खाने, शारीरिक व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । ज्वरो आएमा, लगातार खोकी लागेमा, छाती दुख्ने लगाएतका समस्या भए तुरुन्त स्वास्थ्य संस्थामा गएर परिक्षण गर्न समे...
मुखको  स्वस्थ्य राम्रो भए धेरै रोगबाट जागिन सकिन्छ

मुखको स्वस्थ्य राम्रो भए धेरै रोगबाट जागिन सकिन्छ

जीवनशैली
काठमाण्डौं, माघ ४ मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात दाँतजन्य समस्याका कारण हुने गरेको जानकारहरुले बताएका छन् । मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठाने यसले अरु जटिल प्रकृतिका रोग निम्त्याउने गरेको छ । त्यसैले दाँतको उपचार र हेरचाहमा ख्याल गरेको खण्डमा अधिकांश रोग लाग्नबाटै बच्न सकिने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड प्रत्यक्ष मुख स्वास्थ्यसँग जोडिएको विषय पनि हो । महामारी सर्ने डरले अहिले पनि धेरै दाँतका बिरामी उपचारका लागि पुग्न सकेका छैनन् । कोभिड मुख, नाँक र आँखाबाट सर्ने भएकाले पनि दाँतको समस्या आइहाले पनि कोभिड सर्ने डरले अहिले पनि धेरै बिरामी घरमै बसेका छन् । मुखलाई मात्र जोगाउन सके कोभिडबाट पनि बच्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता ‘इम्युनिटी पावर’ कमजोर भएका मानिसलाई कोभिडले बढी चाप्ने भएकाले स्वास्थ्य सावधान...
पहिचान बिरोधी ओलीपथमा बादल ? सवैले साथ छोडे तर एक्लै होमिए किन ?

पहिचान बिरोधी ओलीपथमा बादल ? सवैले साथ छोडे तर एक्लै होमिए किन ?

जीवनशैली
काठमाण्डौं, पौष ९ नेकपाको सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्त्यमा केपी शर्मा ओली नेतृत्वको समूहमा मिसिएका छन् । आदिवासी जनजाति र मधेसका जनताहरु पहिचानको आन्दोलनमा सडकमा रहेका बेला प्रधानमन्त्री के.पि ओलीले भनेका थिए “सडकमा दुई चार जना बाँदरहरु उफ्रिदैमा केही हुँदैन । ” बादल अर्थात राम बहादुर थापा मगर । जसले माओवादी जनयुद्ध सुरु हुनुपूर्व रोल्पा, रुकुममा गएर संगठन निर्माण गर्दा पहिचानका आधारमा राज्य बनाउँने भन्दै हजारौ युवाहरुलाई गोलबन्द गराएका थिए । जलजला अभियानमा रुकुम रोल्पाका धेरै मगरहरुलाई माओबादीमा लामबन्द गराएर बन्दुक बोकाएका थिए । तर अहिले आएर जनआन्दोलनमा मुकै नदेखाएका, नेपालमा गणतन्त्र आउनु भनेको गाडामा चढेर अमेरिका जानु जस्तै हो भन्दै खिल्ली उडाउने , पहिचान र जनयुद्ध बिरोधी कित्तामा उभिएका उनै ओलीको सरणमा बादल मिसिएपछि बादल एक्लिएका हुन् । अध्यक्ष ओली वा अर्का...
कोरोना लागे अब १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने

कोरोना लागे अब १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने

जीवनशैली
काठमाण्डौ, पौष ४ कोरोना संक्रमणको पुष्टि भए अव १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने भएको छ । सरकारले सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिन बनाएको छ । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । सङ्क्रमणको लक्षण देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामी बाहेक सबै सङ्क्रमितलाई १० दिनमात्रै आइसोलेशनमा राख्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर समेत घट्दै जाँदा निको हुने दर बढेको छ ।...
कोरोनाले लियो वरिष्ठ सर्जन मुडभरीको ज्यान

कोरोनाले लियो वरिष्ठ सर्जन मुडभरीको ज्यान

जीवनशैली
काठमाण्डौं, मंशिर ६ कोरोना संक्रमणका कारण वरिष्ठ सर्जन डा.धु्रव शर्मा मुडभरीको ज्यान गएको छ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. शर्मा मुडभरीको ७७ वर्षको उमेरमा शनिबार ओम अस्पतालमा ज्यान गएको हो । उहाँ २ हप्ता देखि कोरोना संक्रमणसँगै जुधिरहनुभएको थियो । कडा निमोनिया भएपछि उहाँलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाउनुभएको थियो । उहाँले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गर्नुभएको थियो ।...