
डेटिङमा डर, उमेर हद तोक्न कति जरुरी ?
लक्ष्मीनानी थापा, अधिवक्ता
काठमाण्डौं, भाद्र २४
वैंसालु उमेरमा प्रेम सम्बन्ध गाँस्नु आश्चर्यको कुरा भएन । प्रेम सम्बन्धमा रहेको बेला दुनियाँको नजर छल्दै भेटघाट गर्ने, माया–पिरतीका मीठा–मीठा बात गर्ने कुरा पनि दुर्लभ रहेन । किनभने प्रेम एक यस्तो संवेगात्मक मोड हो, जुन चरणबाट हरेकजसो व्यक्ति गुज्रिएका हुन्छन ।भन्न त प्रेमको कुनै सीमा हुन्न भनिन्छ । यद्यपि डेटिङका सन्दर्भमा भने विश्वका कति मुलुकले निश्चित सीमा र सर्तहरु राखेका छन् । खासगरी डेटिङ बहानामा हुनसक्ने सम्भावित यौन दुव्र्यवहार, बलात्कार वा अपराधहरुबाट जोगिन यसमा उमेरको सीमा तोकिएको पाइन्छ । अतः विश्वका अधिकांश मुलुकमा १८ वर्षपछि मात्र डेटिङका लागि अनुमति दिइन्छ भने कुनै मुलुकमा १६ वर्षपछि । अर्थात तोकिएको उमेरपछि मात्र तिमी आफ्नो जीवनका लागि स्वविवेकले निर्णय लिन सक्छौं भनिएको हुन्छ । तर हाम्रो कानुनमा यस्तो निश्चित प्रावधान...