अर्थ

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

अन्तर्राष्ट्रिय खबर, अर्थ, जीवनशैली, ट्रेन्डिङ, प्रवास, मनोरन्जन
मुम्बई । बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ । धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन । ‘मलाई संगीत मनपर्छ । मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ । यिनीहरुका लागि म माफी माग्दिनँ । मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ । मलाई सबै कुरा गर्न मजा लाग्छ । तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन् । करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन् । ‘म गम्भीर हुन चाहन्...
चार वटा मोडलमा सार्वजनिक भयाे आईफोन १४

चार वटा मोडलमा सार्वजनिक भयाे आईफोन १४

अर्थ, ट्रेन्डिङ
काठमाण्डौं, भाद्र २४ मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ काे चार वटा सिरिज सार्वजनिक गरेको छ । ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएकाे हाे । आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ । त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ । त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स माेडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ (९९९ डलर) र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ (१०९९ डलर) ताेकिएकाे छ । आईफोन १४ को बेस मोडल वा प्लस माेडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन् । त्यस्तै प्रो र प्रो माेडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ । आईफाेन १४ र आईफाेन प्लस माेडलमा १२ मेगापिक्सलकाे दुई वटा क्यामरा से...
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुग्यो

अर्थ
काठमाण्डौं, फागनु २० सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्यांक फेरि सच्याएको छ । शव व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांक सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । कोरोनाका कारण भएका मृत्युमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा समायोजन गर्दा ज्यान गुमाउनेको तथ्यांक बढेको पौडेलले बताउनुभयो । बिहिबार दुई सय ३३ जनाको तथ्यांक थपिएसँगै नेपालमा कोरोना बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...
घट्दो छ, नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या

घट्दो छ, नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या

अर्थ
पाल्पा, पौष २५ नेपालमा कोरोना सक्रिय सङ्क्रमितको संख्या दिन दिनै घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिम संक्रमितको संख्या अहिले ५ हजार भन्दा कम छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ४ हजार ६ सय ८१ जना रहेको छ । नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । थप ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमणको पुष्टि हुनेको संख्या २ लाख ६४ हजार ५ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ रहेको छ ।...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

अर्थ
काठमाण्डौं, मंशिर १४ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । शनिबार भएको चुनावमा प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अव ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्नु हुने छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको कमान्ड गर्नुहुने छ । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गर्नुभयो । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ मत ल्याउनुभएको छ । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्रले ५२ र किशोरले ५३ मत ल्याउनुभयो । ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत प्राप्त गर्दा कूल ५४. २६ प्रतिशत मत प्राप्त गर्नुभयो । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ...
११ देखि १३ सम्म हुन लागेको व्यवसायीको चुनावको तयारी तिब्र

११ देखि १३ सम्म हुन लागेको व्यवसायीको चुनावको तयारी तिब्र

अर्थ
काठमाण्डौं, मंशिर ६ यही मंशिर ११ देखि १३ सम्म हुन लागेको व्यवसायीको चुनावको तयारी तिब्र पारिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका उम्मेदवारहरुले प्रचार अभियानलाई समेत तिब्र पारेका छन् । वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्ने क्रम चलिरहेको छ । महासंघको ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुन लागेको हो । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता भएको महासंघले जनाएको छ । महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला नगर उपाध्यक्ष एकजना, वस्तुगत उपाध्यक्ष एकजना, एसोसिएट उपाध्यक्ष एकजना, जिल्ला नगर सदस्य १८ जना, प्रदेश सदस्य ७ जना, वस्तुगत सदस्य १४ ज...
मंशिरमा हुने भो उद्योग वाणिज्य महासंघको निर्वाचन

मंशिरमा हुने भो उद्योग वाणिज्य महासंघको निर्वाचन

अर्थ
काठमाण्डौं, असोज १५ आउने मंशिरमा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुने भएको छ । बिहीबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाण्डौमा गर्ने निर्णय गरेको हो । गएको चैतमा हुनुपर्ने चुनाव कोरोना संक्रमणको जोखिमका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन स्थगित भएको थियो । महासंघको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि गठन गरेको ६ सदस्यीय कार्यदलले महासंघको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावको मिति सिफारिस गरी नेपाल सरकारबाट अनुमति लिएको हो ।...
मन्त्री पुनले गरेको कुलमानको प्रस्तावमा प्रधानमन्त्रीको प्रश्न

मन्त्री पुनले गरेको कुलमानको प्रस्तावमा प्रधानमन्त्रीको प्रश्न

अर्थ
काठमाण्डौं, भदौं २९ ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न उठाउनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको प्रस्ताव उठाउँदा प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्रीको कानुनी प्रश्न पछि कुलमान बारेमा मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न नसकेको हो । प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाउँदै आफूले थप परामर्श गर्ने बताउनुभएको एक मन्त्रिले जानकारी दिनुभयो । १८ घण्टासम्म लोडसेडिङ गराउने विद्युत प्राधिकरण लाई २४ सै घण्टा विद्युत आपूर्ति गराउन सफल घिसिङले करोडौ घाटामा गएको प्राधिकरणलाई नाफामा समेत लग्न सफल हुनुभएको छ । आइतबार देखि पदावधि सकिएर घर बस्नुभएका घिसिङलाई प्राधिकरणमा फेरी नियुतmी गर्नुपर्नेमा धेरै नेपालीहरुले माग गर...
पेट्रोलको भाउ लिटरको १ सय ७ पुग्यो

पेट्रोलको भाउ लिटरको १ सय ७ पुग्यो

अर्थ
काठमाण्डौं, भाद्र १६ पेट्रोलको भाउ लिटरको १ सय ७ पुगेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य मङ्गलबार राति १२ बजे देखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएपछि लिटरको १ सय ७ पुगेको हो । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोल,डिजेलमा र मट्टितेलमा २ रुपैयाँ घट्यो

पेट्रोल,डिजेलमा र मट्टितेलमा २ रुपैयाँ घट्यो

अर्थ
पाल्पा, चैत्र ३, डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको भाउ घटेको छ । नेपाल आयल निगमको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको भाउ घटाएको हो । निगमले मट्टितेल, डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा खाना पकाउँने एलपीजी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रिय भाउ भने घटेको छैन । नयाँ भाउ अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँँ,पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य भएको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यको असर नेपालमा पनि देखिने भन्दै पेट्रोलियम व्यवसायीले निगमसंग कम परिमाणमा तेल खरिद गर्दा देशका विभिन्न शहरमा तेलको अभाव भएको थियो ।...