चत्याङ्गले पाल्पामा एक जनाको ज्यान गयो

पाल्पा, असार ३
चत्याङ्ग लागेर पाल्पामा एक जनाको ज्यान गएको छ । रैनादेबीछहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षिय बिमल प्रसाद पन्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । सोमबार विहान साढे ६ बजेतिर घरमा बसिरहेको बेला अचानक चत्याङ्गले गंभिर घाइते भएका पन्तलाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याएपनि डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *