पाल्पामा महिलाहरुका लागी संस्थागत विकास तथा प्रस्ताव लेखन तालिम शुरु

पाल्पा, जेठ ५

पाल्पामा मगर महिलाहरुका लागी संस्थागत विकास तथा प्रस्ताव लेखन तालिम शुरु भएको छ । नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना तथा महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था टेवा नेपालको ब्यवस्थापन सहयोगमा शनिबार देखि शुरु तालिममा ५५ बढीको सहभागीता छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री बीर बहादुर रानाले महिला अधिकार प्राप्तीका लागी एकताको आवश्यकता रहेको बताउनुभयो । तालिमवाट प्राप्त सिप तथा ज्ञानको ब्यवहारिक उपलब्धीहुनुपर्नेमा जोड दिदै प्रदेशसभा सदस्य रानाले संविधान तथा कानुनमा मात्रै अधिकारका कुरा लेखेर नहुने भएकाले महिलाहरुको नेतृत्व, ब्यक्तित्व विकासका लागी पनि सवैमहिलाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजाली ( गाहा) ले पछिल्लो समय महिलाहरुको हरेक क्षेत्रमा अग्रसरता बढेको भन्दै अझै नेतृत्वतहमा पुुग्नका लागी विभिन्न प्रकारका बाधा अड्चनहरु रहेको वताउनुभयो । शयौं वर्ष पछि पारिएका महिलाहरुले आफ्ना अधिकार खोज्ने क्रममा धेरै दुख र कष्ट सहनुपरेको भन्दै नगर उपप्रमुख सिंजालीले अधिकार प्राप्ती र परिवर्तनका लागी संघर्षको मैदानमै उत्रिन आब्हान गर्नुभयो ।

तालिम उद्घाटन कार्यक्रमका अध्यक्ष तथा मगर महिला संघकी केन्द्रिय अध्यक्ष हिरु राना र टेवा नेपालका अनुदान शाखा अध्ययन तथा अनुगमन मुल्याङकन अधिकृत मुना पोख्रेलले महिलाहरु हरेक क्षेत्रमा सक्षम हुन जरुरी रहेको भन्दै महिलाहरुको ब्यक्तिगत तथा संस्थागत विकासका लागी तालिम संचालन गरिएको बताउनुभयो ।

हरेक क्षेत्रको निति निर्माण तहमा महिलाहरु पुग्नुपर्ने भन्दै अध्यक्ष राना र अनुगमन मुल्याङकन अधिकृत पोख्रेलले महिलाहरुको आर्थिक पाटोलाई बलियो बनाउने उपाए सिकाउनु पनि तालिमको उद्धेश्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल मगर संघ, पाल्पाका अध्यक्ष शान्ती झेडी, आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, पाल्पाका अध्यक्ष गम बहादुर थापा, मगर महिला संघ, पाल्पाकी अध्यक्ष राधा थापा, मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य सावित्रा राना, मगर महिला संघ, पाल्पाकी पूर्व अध्यक्षहरु बिष्णुमाया थापा र पुष्पा थापा लगाएतको सहभागीता थियो ।

महिला मगर संघकी बरिष्ठ उपाध्यक्ष धन कुमारी रानाको स्वागत , महासचिब मिना कुमारी घर्तीको संचालनमा भएको कार्यक्रममा मगर महिला संघ केन्द्रिय समितिका सांस्कृतिक संघकी उपाध्यक्ष देबी थापा, उपमहासचिब चित्र श्रीस, सचिब कृष्ण बंशी, कोषाध्यक्ष सुधा राना , सहकोषाध्यक्ष लाल माया थापा, केन्द्रिय सदस्य ठानीमाया सोमै लगाएतको सहभागीता थियो । ५ दिन सम्म संचालन हुने तालिममा डाक्टर बिष्णु सिंजाली लगाएतले सहजीकरण गर्नुहुने आयोजकले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *