फ्रि इन्टरनेटबाट बैंकिङ कारोबार नगर ः राष्ट्र बैंक

काठमाण्डौं, बैशाख १५

फ्रि इन्टरनेटबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकले सचेत गराएको छ । पैसा तिर्दा, पठाउँदा र लिँदा फ्रिमा चल्ने वाईफाईबाट असुरक्षित हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट मात्रै प्रयोग गर्न समेत आग्रह गरिएको छ । सार्वजनिक स्थानमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण चोर्न सक्ने जोखिम भएकाले सचेत हुन राष्ट्र बैंकले सचेत गराएको हो ।

इन्टरनेट मार्फत बदमासी गर्ने ह्याकरहरुले उस्तै देखिने फ्री वाईफाई बनाउन सक्ने भएकाले सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह गरेको हो । पुराना तथा म्याद गुज्रिएका उपकरणहरु जोखिमयुक्त हुनसक्ने भएकाले पनि त्यस्ता उपकरणमा सार्वजनिक वाईफाई नचलाउन राष्ट्रबैंकले सचेत गराएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *