अहिलेको अन्यौलता स्थीर सरकार नभएर हो ः सभामुख घिमिरे

पाल्पा, बैशाख १५
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान समस्याको जड स्थीर सरकारको अभाव रहेको बताउनुभएको छ । स्थिर सरकारको अभावमा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको बताउँदै सभामुख घिमिरेले समस्या समाधानका लागी राजनैतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । शनिबार पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले निर्वाचन पद्धतिलाई सुधार गर्दै स्थीर सरकारका लागी बहुमत आउने प्रणाली हुनुपर्नेमा जोड दिनुभयो ।

संवैधानिक रक्षा तत्कालको आवश्यकता रहेको भन्दै सभामुख घिमिरेले संघियताको उपलब्धि तीन तहका सरकार बिच असल अभ्यास र अनुभव आदनप्रदानमा समस्या रहेको समेत बताउनुभयो । संघियताको मर्म अनुसार कर्म गर्न प्रदेश र स्थानिय सरकार अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । लुम्बिनी प्रदेशसभाले तानसेनमो आयोजना गरेको शुक्रबार र शनिवारको दुई दिने अन्तरव्यवस्थापिका भेलामा सहभागी हुन पाल्पा आउनुभएका सभामुख घिमिरेले पूर्वविद्यायकी, विद्यायकी र उत्तरविद्यायकीका विषयमा समेत छलफलको खाँचो रहेको औल्याउनुभयो । संघ र प्रदेशको बीचबाट उत्तरविद्यायकी कार्यलाई अघि लैजानुपर्नेमा उहाँको जोड रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *