पाल्पा ः पद्मा हत्या प्रकरण ः पक्राउ परेका देवलाल सार्कीलाई प्रहरीले सार्वजनिक गरर्यो

पाल्पा,चैत्र १६
ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छिमेकी देवलाल सार्कीलाई जिल्ला प्रहरी कार्यालय, पाल्पाले शुक्रवार सार्वजनिक गरेको छ । हत्याको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो । कक्षा १२ मा अध्ययनरत पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको थियो । घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलाल विच विवाद भएपछि उनले हत्या गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख , प्रहरी उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उनीहरु विच विवाद भएपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार भएको प्रहरी उपरिक्षक चन्दको भनाई छ । घटनामा प्रयोग भएको हसिया, मृतकको मोवाईल, हत्या हुदा आरोपीले लगाएको कपडा लगाएतका सामान समेत प्रहरीले सार्वजनिक गरेको हो । देबलालको धारा नजिकै एक्लो घर छ ।

रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए । मंगलबार बिहान सवा ९ तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो । बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा लगिएको र सो रिपोर्ट पछि थप कुराहरु खुल्न सक्ने समेत प्रहरीले जनाएको छ ।
video link
https://youtu.be/aByRxMG18DQ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *