सम्पादकीय

सम्मान कि अपमान ?

केही दिन अघि रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको विपन्न वर्ग श्रमिकलाई सचेतना तथा सम्मान कार्यक्रमले देश विदेशमा खुवै चर्चा पाइरहेको छ । सामाजिक संजाल फेसबुक र यूटुवमा भाईरल नै भयो । स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा समेत यो खवरले राम्रो स्थान पनि पायो । कार्यक्रमको शिर्षक भन्दा वाहिर जड्याहाहरुको भेला र उनीहरुलाई उल्टै सम्मान जसरी जुन रुपमा खवर वाहिर आयो त्यसको समिक्षा गाउँपालिकाले गर्ने पर्छ । झट्ट हेर्दा र सुन्दा त राम्रै लाग्ला तर कार्यक्रममा सहभागी र उनका घरपरिवारलाई कालान्तरमा त्यसको असर के पर्ला ? भोलि छोरी माग्न आउनेले के भन्लान् ? बुहारी खोज्न जाँदा के अनुहार लिएर जाने ? कार्यक्रमको भिडियोमा देखाइएकाहरु के जिवन भर नै जड्याहा भैरहलान् ? किनभने यि र यस्ता भिडियो र समाचारहरु तर वर्षौ वर्ष रहिरहन्छन् ।

उनीहरुलाई भविश्यमा पर्न सक्ने प्रभाव र असरको क्षतिपुर्ति कसले दिने ? जड्याहा भनेर समाचार र भिडियो देखाउन सहभागीहरुको अनुमति थियो ? उनका घरपरिवार र आफन्तले यो समाचार र भिडियो मन पराए ? यसको प्रवाह गाउँसरकारले गरेको छैन । झन् यि र यस्ता प्रकाशित र प्रशारित खवरहरु रिब्दीकोट गाउँपालिकाको आधिकारीक सामाजिक संजालवाटै लाईक र शेयर भैरहेका छन् । केही यूटुवेहरुले लौ हेर्नुस यि जड्याहाहरुलाई भन्दै कार्यक्रममा सहभागीहरुको भिडियो देखाएका छन् । युवाहरुको समुहमा संचालित सामाजिक संजालमा हाम्रो तिर कहिले सम्मान गर्ला र जान पाईएला जस्ता प्रतिकृया आइरहेका छन् ।

एक अनलाइनले त पाल्पामा ६० जना जड्याहालाई बाँदरले सम्मान गरेछन् भन्दै ब्यङग्य समेत गरेको छ । सहभागीहरु जड्याहा नै थिए होला, उनीहरुको जिवन सुधारका लागी निशुल्क विमा र प्रशिक्षणको कार्यक्रम राखेर रिब्दीकोट गाउँपालिकाले उदाहरणीय नै कार्यक्रम गर्र्यो भन्ने धेरैलाई लागेकै हो । उनीहरुलाई रोजगारीको निकै आवश्यक छ, नै । गाउँपालिकाको सकारात्मक यो कार्यको अरुले पनि सिको गर्ने पर्ला । तर नसाकै तालमा रहेकाहरुलाई झुक्याएर कार्यक्रममा बोलाउने, बौलाहा बनायो जस्ता गित गाउँन लगाउने र पत्रकार बोलाएर दुनियाँलाई देखाउन लगाउने गाउँसरकारको कार्यक्रमले उनीहरुको सम्मान भयो कि अपमान ?

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *