नेतृत्व सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

पाल्पा, फागुन १३

नेतृत्व मिडिया प्रा.लि. पाल्पा द्धारा प्रकाशित नेतृत्व त्रैमासिक पत्रिकाको २०८० माघ (चैत अङ्क ) लोकार्पण भएको छ । पूर्वखोला गाउँपालिकाको ढोलीमारामा कार्यक्रम सम्पन्न भएको हो । मुल पाहुना जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, विशिष्ट अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादर थापा र रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पत्रिकाको लोकार्पण गर्नुभयो । कार्यक्रमका अतिथिहरु पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पाका प्रतिनिधि बिजय बौडेल लगाएतले पत्रिकाको नयाँ अंकका बारेमा चर्चा परिचर्चा गर्नुभयो । नयाँ अंक सार्वजनिक कार्यक्रममा नेतृत्वमा लेख लेख्नुभएका हरिप्रसाद न्यौपानेलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । नेतृत्वले असल कर्म गरेका पात्रहरूका योगदानलाई प्रकाशमा ल्याउने अनुकरणीय काम गरेको उहाको भनाई छ । गुणात्मक सामग्री पत्रिकामा समेटिएकाले यो पठनीय सामग्रीका रूपमा आएको समेत उहाँको भनाई छ । दशकौँको योगदानबाट खारिएका व्यक्तिको अनुभव तथा विकासनिर्माणका कार्यलाई समेटिएको पत्रिका शिक्षाप्रद रहेको समेत प्रमुख खनालले बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले नेतृत्व पत्रिकाले सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । पठन संस्कृतिलाई उठाउनु सवैको दायित्व रहेको भन्दै अध्यक्ष थापाले स्थानीय पूर्वाधार निर्माणका ुरा, भुँइ मान्छेका कुरा पनि समेट्नुपर्ने भन्दै लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने कुरामा पत्रिकाले ध्यान देओस् भन्ने उहाँको सुझाव छ । अध्यक्ष थापाले पालिकाको मूल््यांकनका आधारहरूहरु स्पष्ट नभएको गुनासो गर्नुभयो ।

विशिष्ट अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले नेतृत्व शीर्षक नै गम्भीर रहेको बताउँदै समाज रूपान्तरण र सबलीकरणका लागि यस्ता प्रकाशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आफूलाई पनि पात्रको रूपमा चयन गरेकोमा धन्यवाद दिदै अध्यक्ष कार्कीले नागरिकको सेवामा लागेर अपेक्षा गरेको जति काम नभए पनि परिवर्तन भएको कुरालाई सम्प्रेषण गर्न आवश्यक रहको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नेतृत्वको प्रकाशनमा निरन्तर लाग्नुभएका बरिष्ठ पत्रकार गोविन्द भट्टराईको प्रशंसा गर्नुभयो । समन्वय र आतिथ्यका लागि पूर्वखोला गाउँ पालिकालाई समेत उहाँले धन्यवाद दिनुभयो । पत्रिकाको आवरण पृष्ठ तथा प्रस्तुत सामग्रीमाथि प्रकाश पार्दै डाक्टर टंकप्रसाद पन्थले पत्रिकामा प्रस्तुत विविध सामग्रीले नेतृत्वको चौथो अंक सबल रूपमा आएको उल्लेख गर्नुभयो । नेतृत्वले निराशामा आशा जगाउने महत्वपूर्ण काम गरेको भन्दै उहाँले समाजमा योगदान गरेका पात्र र प्रवृत्तिलाई मुखरित गर्दै आएको बताउनुभयो ।

कार्यक्रमकै अवसरमा जल्पा स्वास्थ्य चौकीद्वारा सञ्चालित निशुल्क आँखा सिबिर सञ्चालन गरिएको र शम्भु माविका दृष्टि कमजोर भएका विद्यार्थीलाई चस्मा हस्तान्तरण समेत गरियो गरिएको थियो । पूर्वखोला गाउँपालिका वडा नं २ जल्पाका वडाध्यक्ष नीरबहादुर सारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेतृत्व त्रैमासिकका अध्यक्ष तथा सम्पादक गोविन्द भट्टराईले गर्नुभएको हो । पालिका उपाध्यक्ष भागीरथीले भट्टराईले पूर्वखोलालाई केन्द्रित गरी कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिदै सम्पूर्ण उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
( खवर डा. टंक प्रसाद पन्थको फेसबुक र फोटो नेतृत्वको सहयोगमा )

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *