पाल्पाको सराईमा ४२ औ मगर एकता दिवस भब्यरुपमा मनाईदै


पाल्पा, फागुन ८
पाल्पाको माथागढी ३ सराईमा ४२ औ मगर एकता दिवस भब्यरुपमा मनाइने भएको छ । सराई फुलबारी स्थित लखन पार्कमा मगर संघको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल मगर संघ माथागढी गाउँ समितिका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभयो । मगर संघ स्थापना दिवसका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा, संघका पूर्व जिल्ला अध्यक्ष तथा माथागढी गाउँपालिका ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले मगर समुदायमा रहीरहेका विकृति हटाउन र राम्रा पक्षको सुधार गर्दै सामाजिक सद्भाव कायम गर्ने अभियानको रुपमा पनि दिवस मनाइने बताउनुभयो ।

यही फागुन १५ को मगर दिवस कार्यक्रममा माथागढी गाउँ पालिकाका ८ वटै बडाबाट मगर तथा गैर मगर समुदायको उपस्थितिमा जातीय, साँस्कृतिक, भेषभुषा, मगरी खानपिन सहित झाँकी रÞ्याली र औपचारिक तथा साँस्कृतिक कार्यक्रम रहने आयोजक तथा सराई युवा क्लवका अध्यक्ष खोम बहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सराईको फुलबारीमा भब्यरुपमा मगर एकता दिवस सम्पन्न गर्न आम मगर समुदाय तयारीमा जुटेको स्थानीय युवा नेता राजन बलालले जानकारी दिनुभयो ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक मगर संघको स्थापना भएको थियो । सोही दिनका अवसरमा फागुन १५ लाई देशैभरीका मगरहरुले मगर दिवसको रुपमा मनाउँदै आएका हुन् । दिवसका अवसरमा पाल्पाका अधिकांस स्थानीय सरकारहरुले स्थानीय विदा समेत दिदै आएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *