पाल्पामा भएको टिपर दुर्घटनामा दुई जनाको ज्यान गयो

पाल्पा, फागुन ७
पाल्पामा भएको टिपर दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परि रुपन्देही नगरपालिका १६ का २४ वर्षिय टिपर चालक प्रदीप कुमाल र सहचालक १८ वर्षिय मनिस परियारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुंगा खानीका लागी छुटेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङको आर्थोकघाटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *