एकै दिन पाल्पामा ३ जनाको ज्यान गयो

पाल्पा, माघ २२
पाल्पामा एकै दिन ३ जनाको ज्यान गएको छ । माघ २२ गते सोमबार पाल्पाको रिब्दीकोट ८ काहुले र वडा नम्बर २ दम्वकमा गरी उनीहरुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार काहुलेका ५३ वर्षिय अम्मर बहादुर गाहा र उहाँकी श्रीमती ४२ वर्षिया श्यामकलाको घरमै ज्यान गएको हो । यस्तै दम्वकका ६५ वर्षिय भक्त वहादुर सार्कीको गोठको दोस्रो तलामा ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय पाल्पामा आत्महत्याका घटना बढीरहेकाले स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु बढी संबेदनशिल हुनुपर्ने आवाज उठिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *