मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारीको दशौ बार्षिक साधारण सभा सम्पन्न

कृष्ण पोखरेल
पाल्पा, पौष २३
पाल्पाका १० वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था, लिमिटेड पाल्पाको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारणसभाको पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गर्नुभयो । बार्षिक साधारण सभामा वाणिज्य संघका अध्यक्ष भट्टराईले सहकारी भनेकै एक आपसमा सहकार्य गरेर काम गर्ने एक जनमैत्री अभियान भएको बताउनुभयो । मुक्तिनाथ कृषि सहकारीले आगामी दिनमा कृषि क्षेत्र लाई प्रमुख विषयबस्तु बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष देव बहादुर पचभैयाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको रकम लाई कुनै पनि तरिका बाट जोखिम नहुने गरी संस्थाले काम गर्दै आएको जानकारी दिनुभयो ।

कार्यसमिती, ऋण समिती निकै संवेदनशिल रहँदै आफ्ना सदस्यहरुमा लगानी गर्दै आएको अध्यक्ष पचभैयाको भनाई छ । संस्थाका सचिव शंकर भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७९, ८० मा ८ करोड २५ लाख रुपैयाको कारोवार भएको जानकारी दिनुभयो । सचिव भण्डारीले आगामी दिनमा सहकारीले गर्नुपर्ने काययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष समिरमान सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३ करोड १९ लाख रुपैया बचत, ९९ लाख ८६ हजार शेयर पुजी, ४ करोड ९९ लाख रुपैया कर्जा लगानी रहेको जानकारी दिनुभयो ।
लेखा सुपरिवेक्षण समितीका संयोजक फर्सुराम सापकोटाले कार्य समितीले गरेका काम, ऋण उप समितीले गरेका लगानी, निति नियम हालको सहकारीको अवस्था बारे चर्चा गर्नुभयो । साधारणसभामा सहकारीका सल्लाहकारहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी, भिमसेन कार्की र राजु महर्जनले पैसाको कारोवार गर्दा निकै संवेदनशिल, जिम्मेवार भई काम गर्न कार्यसमिती तथा ऋण उपसमिती लाई अनुरोध गरेका छन् । संस्थामा कुनै एउटा व्यक्ति वा पात्रको कारण सिंगो संस्था बदनाम हुने, डुब्ने, जस्ता खतरा भएकोले निति नियम कानुन, सहकारीको मुल्य मान्यतामा अक्षरस पालना गर्दै कारोवार गर्न सल्लाहकारहरुले सुझाव दिएका छन् । अध्यक्ष देव पचभैयाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विनोद पंन्थीको स्वागत र सचिव शंकर भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *