पाल्पामा घर जल्दा ९ महिने शिशुको ज्यान गयो

पाल्पा, पौष ७
पाल्पामा घर जल्दा ९ महिने शिशुको ज्यान गएको छ । निस्दी गाउँपालिका ३ क्यामरुङका श्याम बहादुर पल्लीको घरमा आगलागी हुँदा शिशुको जलेर ज्यान गएको हो । शनिबार दिउँसो शिशुलाई घरमा सुताएर नजिकैको बारीमा काम गर्न गएको बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो घर गोठमा सल्कीएको हो । एक तल्ले कच्चीघर र गोठमा सल्किएको आगोले गोठमा रहेका भैसी र बाख्रा समेत जलेर मृत्यु भएको जनाउँदै प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *