आफैले बोकेको भरुवा बन्दुक पड्किदा पाल्पामा एक जनाको ज्यान गयो

पाल्पा, मंशिर २४
आफैले बोकेको भरुवा बन्दुक पड्किदा पाल्पामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा निस्दी गाउँपालिका मित्यालका ४८ वर्षिय डम्मर बहादुर सारु मगरको ज्यान गएको हो । घर नजिकै रहेको बारीमा फापर खान आएको जंगली जनावर दुम्सी मार्न भरुवा बन्दुक बोकी हिडेको बेला अचानक आफैले बोकेको बन्दुक पड्किदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनास्थलबाट एक नाले भरुवा बन्दुक, भिर्ने झोला समेत बरामद गरेको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *