पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गयो

पाल्पा, मंशिर १८
पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको ज्यान गएको छ । रैनादेबीछहरा गाउँपालिका २ मा रहेको सिजि सिमेन्ट कम्पनीको कम्पाउण्डमा भएको दुर्घटनामा टिप्परमा सवार रिब्दीकोट गाउँपालिका १ ख्याहा कराङ्दीका २४ वर्षिय शिर बहादुर पालुङ्गेको ज्यान गएको हो । मृतका पालुङ्गे सोही कम्पनीमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार गए राती साढे ११ बजेको समयमा माटो बोकेको लु १ क ३१६१ नम्बरको लोड टिप्पर कम्पनीको कम्पाउण्डभित्र एक स्थान बाट अर्को स्थानमा माटो सार्ने क्रममा आफै अनियन्त्रित भई टिप्परमा सवार मृतक शिर बहादुर गंभिर घाईते भएका थिए । घाईतेको उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याएपनि डाक्टरले मृत घोषित गरेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *