पाल्पाको सराईमा आज देखि व्यापार महोत्सव हुँदै

पाल्पा, मंशिर ९

पाल्पाको सराईमा आज देखि ब्यापार महोत्सव शुरु हुँदैछ । माथागढी गाउँपालिका –३ सराई बजारमा आज देखि २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव हुन लागेको हो । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालयको समन्वयमा महोत्सव हुन लागेको आयोजकले जनाएका छन् ।

सराई बजार तथा स्थानीय कला संस्कृति, स्थानीय उत्पादन, मगरी कला संस्कृति खानपान, भेषभुषाको प्रचार –प्रसार गर्ने, क्लवका युवाहरुलाई पूूर्ण रुपमा परिचालन गरी विकास निर्माणमा सहभागी गराउने अभियानका साथ महोत्सव हुन लागेको क्लवका अध्यक्ष खोमबहादुर गाहाले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न प्रकृतिका एक सय वटा स्टलहरु रहने छन् । मेला तथा महोत्सवबाट स्थानीय बजारमा चहल पहल बढ्ने, कृषि उत्पादन तथा पशु उत्पादनको कारोवारमा बृद्धि हुने, खुम्चिएको अर्थतन्त्र चलायमान हुने वडा अध्यक्ष तेज बहादुर जानकारी दिनुभयो । महोत्सवमा आयोजक पक्षले कृषि, पशु तथा घरेलु उद्योगबाट उत्पादित वस्तु तथा सामग्रीहरुको लागि निःशुल्क स्टलको व्यवस्था गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *