पाल्पामा ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, मंशिर ९
पाल्पामा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ । दुर्घटनामा पूर्बखोला गाउँपालिका ५ कर्नेडाडाका ४० वर्षिय चन्द्र बहादुर कामु मगरको ज्यान गएको हो । पूर्बखोला ५ शिखरडाडा स्थित भित्रि कच्ची सडक खण्डमा कर्नेडाडा देखि पोखरीछापका लागी छुटेको लु ४ त ६५५३ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खेतमा खस्दा चालक चन्द्र बहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *