पाल्पामा लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै

पाल्पा, कार्तिक १४

पाल्पामा यही यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुडिखेल मैदानमा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । लुम्विनी प्रदेशका १२ जिल्ला , तिन विभागिय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौल भएका खेलाडीहरु विच एकल स्पाएरिङ्गमा प्रतिष्प्रर्धा हुने छ । तेक्वान्दोका पूर्ब खेलाडी आयुसा कार्कीले आफ्ना स्वर्गिय बुवा अनिल र आमा रिताको संझनामा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको खेल संयोजक देब थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिता तयारीका बारेमा नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको आयोजनामा मंगलबार तानसेनमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा तेक्वान्दो महासंघ पाल्पाका अध्यक्ष निर बहादुर सारुले प्रत्येक जिल्ला बाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने जानकारी दिनुभयो । प्रथम पुरस्कार विजेता पुरुष र महिलाले तिस ÷ तिस हजार नगद, प्रमाण गोल्ड मेडल पुरस्कार पाउने छन भने द्धितिय हुनेले विस ÷ विस हजार नगद, प्रमाण र रजत पदक पाउने छन । तेस्रो हुनेले दश ÷ दश हजार नगद, प्रमाण पत्र र कास्य पदक पुरस्कार पाउने अध्यक्ष सारुले बताउनुभयो । प्रतियोगिता संचालनको लागी करीव साढे ८ लाख रुपैया खर्च लाग्ने र सो व्यबस्थापनको लागी स्थानीय सरकार र विभिन्न संघ संस्था एवम् खेलप्रेमीहरु बाट सहयोग जुटाईने पूर्ब खेलाडी तथा पाल्पा आईटिएफका प्रमुख सल्लाहकार देब पचभैयाले जनाकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पामा आईटिएफ तेक्वाण्डो खेलप्रति युवाहरुमा आकर्षण बढ्दो रहेको, पाल्पाका विधालयहरुमा आईटिएफ डोजाङ्ग संचालन भैरहेको भन्दै अन्तरराष्ट्रिय प्रतियोगितामा गोल्डमेडल विजेता खेलाडीहरु रहेकोले पाल्पालाई राष्ट्रिय स्तरमै खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित गराउन सबैपक्ष बाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका कार्यसमिती सदस्य कृष्ण कार्कीले प्रतियोगिता सम्पन्न गर्नको लागी आईटिएफ पाल्पा संग सहकार्य गरी काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहभागी आईटिएफकी पुर्व राष्ट्रिय खेलाडी आयुसा कार्कीले प्रतियोगिता सम्पन्न गराउन आफु विदेश बाट स्वदेमै आएको बताउनुभयो । पाल्पामा १४ वटा डोजाङ्ग बाट नियमित रुपमा आईटिएफका खेलहरु संचालन हुदै आएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *