सडक खनिरहेको डोजर पुरिदा चालकको ज्यान गयो

पाल्पा, असोज २२
सडक मर्मत गरिरहेको डोजर पुरिदा पाल्पामा चालकको ज्यान गएको छ । दुर्घटनामा चालक शान्तीनगर गाउँपालिका १ दाङ्गका ३० वर्षिय धनबिर खड्काको ज्यान गएको हो । रामपुर नगरपालिका १० टोक्सेभन्ने स्थानमा बर्दलेबाट टोक्से जाने भित्रि सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको सेसिबि लाई सडक माथि बाट आएको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पहिरोले पुरिएर गंभिर घाईते भएका चालक खड्काको उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *