खानेपानीको मूल जोगाउन बृक्षारोपण तथा सरसफाई सम्पन्न


पाल्पा, असोज १७
आँपटारी लिफ््िटङ खानेपानीको मूल जोगाउँन बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आँपटारी लिफ््िटङ खानेपानीको योजना हातेमालो टोल विकास संस्था, तानसेन नगरपालिका वडा नम्बर १, नमूना भिलेजको अगुवाईमा संचालित छ ।

जिल्ला वन कार्यालय, नेपाली सेना, सशत्र प्रहरी, वडा नम्बर १ को कार्यालय, हातेमालो टोल विकास संस्थाका सदस्य लगाएत झण्डै ९० बढीको उपस्थितिमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम भएको हातेमालो टोल विकास संस्थाका अध्यक्ष विजय प्रकाश आलेले जानकारी दिनुभयो । पानीको मुहान क्षेत्र संगै हातेमालो टोल भित्र रहेका मुख्य तथा भित्री सडकमा रहेका झाडी फाड्ने तथा सरसफाइ कार्य समेत सम्पन्न भएको छ ।

मिसन अस्पताल मुनि रहेको आँपटारी क्षेत्रमा पछिल्लो समय घरनिर्माणको कार्य निरन्तर बढीरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *