पाल्पा, असोज १७
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाले आर्थिक वर्ष २०८०÷०८१ को वजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सदस्यहरु बिर बहादुर राना, राजु श्रेष्ठ, खेम बहादुर सारु, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल र पालिका अध्यक्षलाई राखेर बजेट सार्वजनिक गरेको हो ।
कार्यलयको सभाहलमा आयोजित कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाका पशु चिकित्सक डाक्टर नविन बस्यालले गत आर्थिक वर्षमा भएगरेका कामकारवाही र आगामी आर्थिक वर्षको वजेट तथा कार्यक्रमका बारेमा जानकारी दिनुभएको हो । जानकारीपछिको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्ने बक्ताहरुले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाले गरेका सकारात्मक कामकारवाहीको प्रशंसा गर्दे आगामी दिनमा थप प्रगतिको कामना गरेका छन् । पाल्पाको समग्र विकासका लागी कृषि र पर्यटनको क्षेत्रमा सुधार र लगानी गरेमात्रै पाल्पाको विकास हुनेमा उनीहरुको जोड छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रतिनिधि दुर्गादेबी भण्डारी, पत्रकार महासंघ, पाल्पाका सभापति रेखिराम राना, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारी, प्रदेश सभा सदस्यहरु खेम बहादुर सारु, राजु श्रेष्ठ र बिर बहादुर रानाले आगामी बर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उपाएका बारेमा जिज्ञासा र सुझाव दिनभयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले बास्तबिक किसान सम्म सहयोग र अनुदान पुर्याउनुपर्नेमा जोड दिदै ताठाबाठा र हुनेखानेहरुलाई भन्दा बास्तविक कृषकसामु सहयोगको आवश्यकता रहेको बताउनुभयो । स्थानिय, प्रदेश र संघिय सरकारले प्रदान गरेका अनुदान खाने तर पछि कृषकनै हराउने समस्या हटाउनुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुको जोड थियो ।
कार्यालयका निमित्त प्रमुख दुर्गाखनालको अध्यक्षता र युवराज ज्ञवालीको संचालनमा भएको कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, रैनादेबीछहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भटराई, तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी पाठक, माथागढी गाउँपालिकाका प्रतिनिधि तथा वडा नम्बर ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती, जिल्लाका कृषि सहकारी र अगुवा कृषक तथा पशुपालकहरुको सहभागीता रहेको थियो ।