जिपको ठक्कर बाट पाल्पामा मोटरसाईकल चालकको ज्यान गयो

पाल्पा, असोज ३
जिपको ठक्करबाट पाल्पामा मोटरसाईकल चालकको ज्यान गएको छ । दुर्घटनामा बगनाँसकाली ७ झाकृस्थानका २८ वर्षिय सुधन भट्टट्राईको ज्यान गएको हो । सदरमुकाम तानसेन देखि बगनाँसकाली ७ खानीगाँउका लागी छुटेको लु १ ज १७५९ नम्बरको जिपले बगनाँसकाली ९ चाप्पानीको भित्रि पक्की सडकमा भट्टट्राई सवार लु ५५ प ६८५६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । जिपको ठक्कर बाट गंभिर घाईते सुधनको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार पछि थप उपचारका लागी हेलीकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचार गरिएपछि बुधबार बेलुकी ६ बजे तिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । चालक र जिपलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *