बाल्यकाल र आँप बगैँचा

सुनिता गाहा, पाल्पा ( हाल काठमाण्डौं )

टिङ टिङ टिङ टिङ टिङ
टिनिनिनिनिनिनिनि११११११११११
यो घण्टी मेरो प्यारो विद्यालयश्री राम आधारभुत विद्यालयमा शुक्रबारको दिन बजेको घण्टी हो । घण्टीठ्याक्कै अपराह्न्न १२ ः ४५ मा बजेको थियो । घण्टी बज्नासाथ कक्षाकोठाबाट ठेलमेल गर्दै हुरुरुरुरुरु दौडिनु हामी विद्यायार्थीहरुको विशेषता थियो । कसैलाई घर छिटो पुग्नुथियो । कसैलाई विद्यालयको प्राङ्गणमा भकुन्डो खेल्नु थियो,कसैलाई गृहकार्य सक्काउनु थियो त कसैलाई डुल्न जानु थियो । म पनि त्यहि हुलमा ठेलमेल गर्दै थिए ताकि मलाई पनि आँप टिप्न जानु थियो । हाम्रो यो योजना एक हप्ता अगाडि देखिको हो जुन म, मेरो झ्याबाको छोरा९भाइ० र घर छेउको भदैनीले बनाएका थियौ । म घण्टी बज्ने बित्तिकै कक्षाबाट बाहिर निस्केर सिधै भदैनी खोज्न कक्षा ५ तिर हुर्रिए , किनकि उनि कक्षा ५ मा अध्ययनरत थिइन् । म उनि भन्दा २ बर्षले ठुलि थिए यानिकि म कक्षा ७ मा अध्ययनरतथिए । तर उमेर, कक्षा, साइनोमा म ठुलि भएपनि हामी एकदम मिल्ने साथी थियौ । त्यसपछि हामी दुई हतार–हतार घर तर्फ दौडियौ । चिन्ताजनक विषय यो थियो कि भाई सदरमुकाम तानसेनमा पढ्थ्यो र उसलाई घर फर्किन मध्यम खालको हिडाईले १ घण्टा र छिटो हिडाईले ४५ मिनेट लाग्थ्यो । योजना अनुसार, उसलाई १ घण्टी नपढि आउने सल्लाह दिएका थियौ । हाम्रो यो योजना घरमा कसैलाई थाहा दिएका थिएनौ ।

मेरो दाईले त यो बर्षको लागि मलाई पहिलानै चेतावनी दिइसक्नुभएको थियो,“यदि त गएको थाहा पाए भने राम्रो हुने छैन” तर यस्ता धम्क्याईले मलाई छुनेवाला थिएन । बच्पना उमेर र दिमाग, दाईले गाली गर्यो, पिट्यो भने बाबालाई भनेर उल्टै गाली खुलाउने योजना बनाइसक्याथ्यो । करिब एक घण्टाको पर्खाइ पछि बल्ल भाई आईपुग्यो । उसलाई एक घन्टि अगाडि आउन सरले दिनु भएनछ । त्यसपछि हामीले लटरम्म फलेको आँपको कल्पना गर्दै हतार–हतार बोरा, झोला, रुमाल, गुलेली, हँसिया लिएर बेसिमा आँप टिप्न झर्यौ । बेसि बगँैचा पुग्न हामीलाई करिब एक घण्टा ओरालो गोरेटो बाटो हिड्नुपथ्र्यौ, त्यसैले हामी हिडाईको चाल बढाउदै थियौ । हाम्रो तिव्र गतिको चालले होला बगैँचामा हामी ४५ मिनेट मै पुग्यौ, लगभग दिउँसो २स्४५ को आसपास भन्दा फरक नपर्ला ।
बगैँचा
हजुरबुवाको भनाई अनुसार, हाम्रा जिजुबाजेका बाजेहरु ४ दाजुभाईरहेछन् । ति ४ दाजुभाईहरुका गाँउमा धेरै जग्गा जमिन नभए पनि मधेशमा धेरै जग्गा जमिन थियो रे । ति दाजुभाईहरु अंशबण्डा गर्ने बेलामा एकअर्का बिच मधेश बस्ने होडबाजी चलेपछि सबैको सहमति अनुसार, मधेशको सबै जग्गा बेचेर पैसा बाड्ने निर्णय गरी मधेशका सबै जग्गा बेचेका रहेछन् । त्यसपछि गाँउमै कोहिले खेत कोहिले बारी कोहिले खर्यान किनेका रहेछन् । ४ दाजुभाई मध्ये एक भाईले बगैँचा क्षेत्रको जग्गा किन्नु भएछ । सुरुमा त्यो क्षेत्र सब्बै नाङ्गो पाखो थियो रे । पहिले बाईसे चौबिसे राज्य हुदा हरेक गाँउमा मुखिया, सरपञ्च हुन्थे रे । ति ४ भाई मध्येका एक भाई मुखिया रहेछन् । हाम्रो ति पुस्ता मध्ये मुखिया भएका बाजे पहिल्यै देखि एकदम बाठो, चलाख थिए रे । त्यो समयमा हालको बगनासकाली गाँउपालिका वडा नं. १ चिर्तुङ्गधारा, वडा नं. ५ दर्लमडाडा, वडा न.ं ९ चापपानि, वडा नं. ४ खानिछाप सबैतिरका मगर समुदायको एउटै मुखिया हुन्थे रे । जुन बाजे मुखिया थिए त्यहि बाजेले गाँउभरिका मानिसहरु लगाएर बगँैचा निर्माण गरेका रहेछन् ।

खासमा यो बगँैचा मेरो बुवाको पुस्ता भन्दा ५ पुस्ता अगाडीको रहेछ लगभग २०० बर्ष भन्दा पुरानो । त्यो समय एउटा मान्छेले आपm्नो शक्तिको भरमा गाँउले जनताहरुलाई निशुल्क काम लगाएर बनाएको बगैँचा रहेछ । त्यो बगैँचाबाट केहि माथी ६० रोपनीको टारी खेत छ, जसलाई अहिले हामीले रक्से खेत भनेर चिन्दछौ । रक्से खेतदेखि उकालो लाग्ने एउटा गोरेटो बाटो छ जसलाई त्यो समयमा ठुला ठुला ढुङ्गाले साईड साईडमा घेरेर पर्खाल पनि बनाएको रहेछ जुन बाटोका पर्खालहरु अहिले भग्नावशेषअबस्थामा छ । त्यो समयमा, यो बाटो नवलपरासी जिल्लाको खैरेनी तथा सुनवल देखि पाल्पा जिल्लाकोबगनासकाली १ घोरबन्दा हुदै बगनासकाली ८ बराङ्गडि, बगनासकाली ७ खानिगाँउ गरी स्याङ्गजा जिल्लाको कालिगण्डकि गाँउपालिका वडा न १, २ लगायत बिभिन्न ठाउँमा जानको लागि मानिस लगाएत घोडा, खच्चरको छोटो बाटोको रुपमा प्रयोग हुने बाटोरहेछ । त्यो बाटो यात्रा गर्ने यात्रीहरु थकाई मार्न तथा बासको लागि त्यहि बगँैचामा बस्ने गर्दा रहेछन् रभोक मेटाउनका लागि मौसम अनुसार त्यहि फलेका फलफुल खाने रहेछन्।यो बगैँचा लगभग९०० वर्ग कि. मि.क्षेत्रफलमा फैलिएको छ । भलै बगैँचाको जग्गा सार्वजनिक होईन तर त्यँहा फलेका फलफुल अहिले सबैका लागि सार्बजनिक छ । हाल बिशेषगरी त्यो क्षेत्रका दुई समुदाय (मगर र कुमाल) ले बगैचाका फलफुलहरुको लाभ लिने गर्दछन् ।
बगँैचामा पाईला टेक्नासाथ हामी तीन जनाकै मुहारमा घर देखि लिएर आएको खुशी, उत्साह सबै हरायो । आँप त लटरम्मै थिए तर हामी तीन मध्येमा रुखमा चढ्न सक्ने जस्तो त्यहि एउटा भाई मात्र थियो । ठुला ठुला ढाड भएका ति आँपका बोटमा लटरम्म आँप, कटहरका बोटमा त्यस्तै फल, सुरिला सुरिला राजवृक्षका दानाहरु बगँैचाको विशेषता नै यहि थियो ।हामीलाई चुनौति यो थियो कि रुख चढ्न सक्ला जस्तो लागेको भाई त्यत्रा ठुला रुखमा चढ्न सक्ला त? तर डरके आगे जित हे भन्दै उसले हार नमानि ३्४ चोटिको प्रयासमा रुख चढ्न सफल भयो । उसले केहि दाना आँप झारे पछि भदैनि र म ढुङ्गा खोज्दै, गुलेलीले आँप निशान लगाउदै हान्दै थियौ । अचानक भाई आत्तिदै रुखबाट ओल्र्यौ । हामी एकै स्वरमा, ‘के भयो?’ मात्र भनेका थियौ, उसलाई शरीर भरी रातो कमिलाले चुम्बन गरिदिएछ । एकदम जोडले हाँसो लागेको थियो तर उ आत्तिएको देखेर हाँसो रोक्यौ। फलेका आँपका बोट जता पनि थिए तर कुनै सजिला थिएनन् । सजिलो बोट खोज्दै, चढ्ने प्रयास गर्दै पौने घण्टा यत्तिकै बित्यो तर चढ्न सक्ने बोट भेटेनौ । केहि उपाय नलागेपछि, मलिन मुहार सहित एक अर्कालाइ हेर्यौ,सबको मुहारले बताउदै थियो, ‘अब के गर्ने त?’हामी तीनै जनालाई घर यत्तिकै फर्किनु मनथिएन् । मैले झोला हेरे, भाईले ११ वटा भए पनि आँप झारेको रहेछ, तत्काल अर्को योजना बनायौ । त्यसपछि आफुले ल्याएका झोला, बोरा च्यापेर खोल्सा, टारी खेतका कान्ला हुदैसल्लाघारी, बाँबियोको खर्यान हुदै उकालो चढि अर्को गन्तब्य पुग्यौ । त्यस ठाँउमा आँप होला कि नहोला भन्ने डर थियो तर त्यँहा पनि लटरम्मै आँप देखेपछि खुशीले सिमा नाघ्यो । रुख पनि कति साना साना थिए । हामी ढिला नगरी एक एक वटा रुख चढ्यौ र टिप्न सुरु गर्यौ । टिप्दै जादा एक्कासि याद आयो कि ति आँपहरु सार्बजनिक थिएनन् । आँप टिप्न गएकाहामी आँप चोर्दै पो थियौ । चुपचाप आँप टिप्नु नै हाम्रो लागि उत्तम थियो ।
हामीले लगभग आधि आधि बोरा जति आँप टिपि सकेका थियौ । मधेरैबेर चुप बस्न सक्दै सकिन भदैनीलाई सोधिहाले “ओई तैले कति तिपिस् ?” यसरी सुरु भएको गफगाफले लामो र चर्को रुप लिएछ, हामीले चाल नै पाएनौ । हामीले आँप टिप्दै गरेको ठाँउ देखि केहि तल एउटा गोठ थियो । करिब बेलुकाको ६ बजेको थियो, गोठमा घाँस दिन आउने मान्छेले हामीलाई हेरिरहेको रहेछ । गफको सुरमा हामीलाई हेक्का नै भएन । एक्कासि “कसले हो आँप टिपेको ?” भन्ने आवाज तीन जनाकै कानमा पर्यो । हामी हतार हतार रुखबाट ओल्र्यौ र आआफ्नो बोरा रुमालले बाधेर दौडियौ । हामी सङ्ग नाम्लो थिएन घरबाट हिड्दा नै हामीले बिर्सिएका रहेछौ । दौडिदा दौड्दै भदैनीको रुमालले बोरा छोड्यो, उ त्यहि रोक्किई । म र भाईले भदैनीलाई पछाडि फर्केर हेर्दा थाहा भयो ति गोठका दाई हाम्रो पिछा गर्दै आएका रहेछन् । छिटो छिटो म र भाई बाटो मुनि लुक्न पनि पुग्यौ । तर भदैनीलाई समातिहाल्यो । त्यसपछि हामी पनि आत्म समर्पण गर्दै आयौ । सुरुमै ती दाईले हाम्रो परिवारका सदस्यहरु ब।रे अनुसन्धान गरे तर गालि गरेनन् । आमाबुबाको नाम, दाई दिदिहरुको नाम सोधे ।घर त थाहा पाइनैहाले्, किनकि गाँउ तल र माथि थियो । सम्झिदा हाँसो उठ्ने कुरा हामीले ति दाईलाई आमाबुवाको नाम तीनै जनाले गलत बताएका थियौ । ति दाईले त्यसै कँहा छाड्थे र ? रात पर्नै आटिसक्या हुनाले हामीलाई छोड्न त छोडे तर भदैनीको सबै आँप लगिदिए । मेरो र भाईको किन लगेनन् त्यो रहस्य अझै पत्ता लागेको छैन् तर जादाजादै हामीलाई धेरै सम्झाएर पनि गए ।त्यो दिन देखी हामीले कहिल्यै कसैको आँप माथि आँखा लगाएनौ ।

जब हरेक बर्ष बर्षायाम सुरु हुन्छ, मलाई यि जस्ता अनेक बालापनका बिठ्याई, रमाईला पलका यादहरुले मथिङ्गल हल्लाईरहन्छ । यो बर्खे झरीले त झन ति यादहरु ताजा गराईदिनु स्वभाविक हो । त्यो समय, त्यो बाल्यकाल, ति बाल्यकालका हितैषीहरु, ति परिवेश साच्चै नै गज्जबका थिए । कति स्वतन्त्र र सुन्दर थिए ति दिनहरु । न कुनै तनाब , न कसैको पर्वाह नै । अब त ति पलहरु चाहेर पनि फर्काउन सकिदैन । अहिले हामि सङ्ग न त्यो समय छ न त हाम्रा बाल्यकालका साथिहरु छन् । म त भन्छु जो ब्यक्तिको बाल्यकालका साथिहरु सङ्ग अझै पनि सङ्गै छन उनिहरु त एकदम भाग्यमानि हुन् । यदि मागेर मिल्ने भए म त्यै बालापन माग्ने थिए तर अफचोच यस्ता चमत्कार चलचित्र, कथा, उपन्यास, नाटकमा मात्र हुने गर्दछ वास्तविक जीवनमा होईन । समय बलवान छ एकदिन हामी अवश्य भेट्नेछौ । यहि राजधानिको अँध्यारो कोठा बाट मेरा सम्र्पुण बाल्यबालका मित्रहरुलाई धेरै सम्झना ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *