पाल्पामा भएको दुर्घटनामा १ जनाको ज्यान गयो ५ घाईते

पाल्पा, भाद्र ४
पाल्पामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । माथागढी गाउँपालिका २ बाँसटारी झडेवा सडकको भित्री खण्डमा सोमबार बेलुकी भएको दुर्घटनामा माथागढी २ दोहोराका ३८ वर्षिय बेदप्रसाद भुषालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाईते भएका माथागढी २ का ३६ वर्षिय रिप बहादुर सारु, सोही स्थानका ४४ वर्षिय गोबिन्द बहादुर सारु, ३० वर्षिय नरध्वज सारु, वर्ष २५ का सरोज सारु र ३५ वर्षिय टोप बहादुर सारुको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । माथागढीको झडेवा बाट रुप्सेका लागी छुटेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठक्कर खाई सडक छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *