सातौ दक्षिण एशियाली ते–क्वान्दोमा विजयी पाल्पाका दुई खेलाडी सम्मानित

पाल्पा, साउन २६
भारतको हैदराबाद तेलंगनामा आयोजित सातौ दक्षिण एशियाली ते–क्वान्दो (आईटिएफ) च्याम्पियनसीपमा विजयी पाल्पाका २ खेलाडी सम्मानित भएका छन् । ते–क्वाण्दो एशोसिएसन अफ भारतको आयोजनामा भएको प्रतियोगितामा तानसेन नगरपालिका–७, काजीपौवाका एन्जल रेग्मीले एक स्वर्णसहित दुई कांस्य पदक जितेका हुन् । उनले तीन वटा इभेन्टमा भाग लिएका थिए । १६ वर्ष मुनिको ४५ केजी तौल समूहमा भाग लिएका उनले स्वर्ण जितेका हुन् । त्यसैगरी सामुहिक प्याटर्न र स्पायरिङमा दुई वटा कास्य जिते हुन् । उनकै दाजु रजन रेग्मीले सामुहित प्याटर्नमा रजत र व्यक्तिगत स्पायरिङमा कांस्य पदक जितेका छन् । लुम्बिनी प्रदेशबाट ६ जना र नेपालबाट ६० जना सहभागी रहेका थिए । नवौं राष्ट्रिय खेलकुदमा रजनले रजत पदक प्राप्त गरेका थिए । राष्ट्रपति रनिङ शील्डमा स्पायरिङबाट एन्जलले स्वर्ण पदक जितेका थिए ।

पदक प्राप्त गर्ने खेलाडीहरुलाई तानसेनमा एक कार्यक्रम आयोजना गरी अनुभव आदान प्रदान तथा सम्मान गरिएको हो । पाल्पा आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रमामा पदक जित्ने खेलाडीलाई खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधवप्रसाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, पूर्व अध्यक्ष गोविन्द भटराई लगाएतले सम्मान गरे । खेलाडीले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता खेल्दाको अनुभवका साथै आफ्नो भविष्यको लक्ष्यका विषयमा जानकारी गराउँदै आफूहरुलाई घरपरिवार वाहेक अन्य क्षेत्रबाट सहयोग नमिलेको गुनासो गरेका छन् । उनीहरुले आफूहरु देशका लागि खेल्ने भएकाले खेलाडीलाई आवश्यक सहयोग गर्ने वातावरण हुनुपर्नेमा जोड दिएका छन् ।

पाल्पा आई.टि.एफ.का उपाध्यक्ष एवम् ते–क्वान्दोका प्रशिक्षक कृष्ण थापाका अनुसार पाल्पा आईटिएफमा ११ वटा विद्यालयका डोजाङबाट प्रशिक्षण भइरहेको छ । हरेक डोजाङमा कम्तीमा ५० जना रहेको प्रशिक्षक विष्णु नेपालीले बताए । यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक विजयी अर्का प्रशिक्षक साजन पचभैयाले खेल र खेलाडीहरुलाई हुनुपर्ने सहयोग र समर्थनमा कमी रहेको बताए । प्रशिक्षक पचभैयाले खुल्ला क्षेत्र (रेडक्रसको परिसर ) मा प्रशिक्षण दिंदै आएका छन् । पाल्पा जिल्ला आई.टि.एफ ते–क्वान्दो संघले शनिबार जिल्लास्तरीय प्रशिक्षण दिने र भदौको तेस्रो साता जिल्लास्तरीय प्रतियोगिता तथा त्यस लगत्तै प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्ने संघका उपाध्यक्ष कृष्ण थापाले जनाएका छन् । कार्यक्रममा तेक्वाण्डो प्रशिक्षकहरु अशोक सारु र बिरेन्द्र बुढाले पछिल्लो समय मोवाइलमा व्यस्त रहने छोराछोरीहरुलाई स्वस्थ र अनुशासति बनाउन पनि खेलमा सहभागी गराउन आवश्यक रहेको बताए । आत्मरक्षा र आत्मविश्वासका लागी पनि तेक्वाण्डो अपरिहार्यरहेको प्रशिक्षकहरुको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *