पाल्पामा जिल्ला प्रशासन घेराउ र धर्नापछि गृहमन्त्रीलाई ज्ञापनपत्र


पाल्पा, साउन २२
पाल्पामा जिल्ला प्रशासन घेराउ र धर्नापछि प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई विरोध पत्र प्रदान गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पा र नेपाल तामाङ घेदुङ जिल्ला समितिको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय पाल्पामा धर्ना तथा घेराउ कार्यक्रम सम्पन्न भएको हो । साउन ७ गते एक टेलिभिजन कार्यक्रममा अधिवक्ता भगवती पाण्डेले मगर र तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, प्रथाजनित कानुन र भावना विरुद्ध गलत ढंगले व्याख्या गरी शमुदायको आत्मसम्मानमा गंभिर असर पुर्याएको भन्दै पाण्डेलाई कारवाहीको माग गर्दे उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ तथा धर्ना दिएका हुन् । धर्ना र प्रशासन घेराउपछि भएको विरोध कार्यक्रममा मगर संघ, पाल्पाका अध्यक्ष शान्ती झेडी, आदीवासी जनजाति महासंघ, पाल्पाका अध्यक्ष गम बहादुर थापा, पूर्व अध्यक्ष केहरसिंह राना, मगर विद्यार्थी संघका केन्द्रिय सदस्य अमित रास्कोटी लगाएतले शमुदायमा गंभिर असर पर्नेगरी जे मन लाग्यो त्यही बोल्ने अधिबक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ गरि कानुनी कारवाही गर्न माग गरेका थिए ।

केही दिन अघि पक्राउ परेकी पाण्डेलाई प्रहरीले केही घण्टा मात्रै नियन्त्रणमा लिएर छोडेपछि उनीहरु थप आन्दोलित भएका हुन् । आन्दोलनकारीहरुले जिल्ला प्रहरी परिसर टेकु काठमाडौ घेराउको क्रममा आन्दोलनकारी माथि प्रहरीले निर्घात कुटपिट गरेको भन्दै मानव अधिकार विरोधी व्यवहार देखाउने जिल्ला प्रहरी कार्यालय काठमाडौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दान वहादुर कार्की एवम् अन्य दमनकारी प्रहरी माथि समेत हदैसम्मको कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा धर्ना र घेराउ पछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला मार्फत उनीहरुले गृहमन्त्रालयमा विरोधपत्र समेत पठाएको जनाएका छन् । विरोध र्यालीमा उनीहरुले सामाजिक सद्धभाव विथोल्न पाइदैन, अधिबक्ता सितल पाण्डेलाई कारवाही गर, पाण्डेको लाइसेन्स खारेज गर, प्रहरी दमन बन्द गर जस्ता नारा लगाएर बजार परिक्रमा गरेका थिए ।

नेपाल मगर संघ र तामाङ घेदुङ संघको संघिय समितिको निर्णय र निर्देशन पछि देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना , घेराउ र विरोध कार्यक्रम सम्पन्न भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *