काठमाण्डौं, असार २९
नेपाली सेनाले ९२ प्रमुख सेनानी र ८६ सेनानीको सरुवा गरेको छ । साउन १ गतेदेखि लागु हुने गरी सेनाले एक सय ७८ सैनिक अधिकृतको सरुवा गरेको हो । ‘अधिकृत सरुवा–काज नियुक्ति निर्देशिका, २०७७’ बमोजिम सैनिक अधिकृतहरुको सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टर ( काज सैनिक कमाण्ड तथा स्टाफ कलेज ) का प्रमुख सेनानी अनन्तबहादुर सिंह सैनिक कमाण्ड तथा स्टाफ कलेज जाने हुनुभएको छ । उपत्यका पृतना हेडक्वार्टर (काज सैनिक प्रहरी गण ) का प्रमुख सेनानी दिनेश गौतमलाई सैनिक प्रहरी गणमा सरुवा गरिएको छ । चरक बाहिनी ( काज नेपाली सैनिक वार कलेज ) का प्रमुख सेनानी सरोज राना सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक तालिम महानिर्देशनालयका प्रमुख सेनानी मदनजंग कार्की नम्बर २८ बाहिनी अड्डा, प्रकृति संरक्षण शिक्षालयका प्रमुख सेनानी दीपक कोइरालालाई उत्तरपश्चिम पृतना हेडक्वार्टर पठाइएको छ । जगदल गणका प्रमुख सेनानी सरोजकुमार कार्की पूर्वी पृतना हेडक्वार्टरमा पर्नुभएको छ । नम्बर २७ बाहिनी अड्डाका प्रमुख सेनानी रणबहादुर खड्का समारोह सञ्चालन निर्देशनालय, हवाई सुरक्षा तालिम शिक्षालय (काज नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र ) का प्रमुख सेनानी ब्रजेश महर्जन नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र सरुवा हुनुभएको छ ।
नेपाली सेनाका अनुसार नम्बर १६ बाहिनी अड्डाका प्रमुख सेनानी दीपक बरुवाललाई हवाई सुरक्षा तालिम शिक्षालय र वीरेन्द्र अस्पतालको प्रमुख सेनानी भगवान थापामगरलाई प्रकृति संरक्षण शिक्षालय पठाइएको छ । पुष्पक गणका प्रमुख सेनानी घनश्याम भट्टराई नम्बर १९ बाहिनी अड्डा, मध्य पृतना हेडक्वार्टरका प्रमुख सेनानी विज्ञान खनाल सैनिक ईन्टेलिजेन्स निर्देशनालय, शान्ति कार्य निर्देशनालयका प्रमुख सेनानी विक्रमदेव गिरीलाई पश्चिम पृतना हेडक्वार्टर पठाइएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सुदूरपश्चिम पृतना हेडक्वार्टर (काज सैनिक कमाण्ड तथा स्टाफ कलेज ) का प्रमुख सेनानी राजेशविक्रम शाहीको पनि सरुवा गरिएको छ । त्यस्तै, सिद्धिदल गणका प्रमुख सेनानी जयराम बानियाँ नेपाली सैनिक वार कलेज, नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी निरन बस्नेत निरीक्षण निर्देशनालय, नम्बर १ राजदल गणका प्रमुख सेनानी समिर मल्ल नम्बर १३ बाहिनी अड्डा, जंगी असवाब खानाका प्रमुख सेनानी उदयबहादुर लामिछाने वीरेन्द्र अस्पताल, नम्बर १९ बाहिनी अड्डाका प्रमुख सेनानी सौनिक गुरुङ्ग पूर्वी पृतना हेडक्वार्टर, नम्बर ३ राजदल गणका प्रमुख सेनानी निर्मलध्वज खाँण जंगी असवाब खानामा पठाइएको छ ।
पूर्वी पृतना हेडक्वार्टरका प्रमुख सेनानी तुरेन्द्रविक्रम आङगदेम्बेले असवाब निर्देशनालयको जिम्मेवारी पाउनुभएको छ । भैरवीदल गणका प्रमुख सेनानी अभिषेक कार्की नीति तथा योजना निर्देशनालय, बरख गणका प्रमुख सेनानी दुर्गा थापा मध्यपश्चिम पृतना हेडक्वार्टर , पशुपति प्रसाद गणका प्रमुख सेनानी विजय भण्डारी सैनिक सचिव विभाग, भैरव गणका प्रमुख सेनानी अमृत थापामगरलाई प्रबन्धरथी विभाग पठाइएको छ । जबरजंग गणका प्रमुख सेनानी अरुण कार्की, प्रमुख सेनानी दीपेन्द्र बोगटीको नाम पनि सरुवा सुचिमा छ । नम्बर २७ बाहिनी अड्डाको जिम्मा नेपाली सैनिक प्रतिष्ठानका प्रमुख सेनानी लालबहादुर गुरुङ्गले पाउनुभएको छ । बटुकदल गणका प्रमुख सेनानी मणिराम थापा युद्धकार्य निर्देशनालय, रणशार्दुल गणका प्रमुख सेनानी सुनिल सुवेदी सैनिक कमाण्ड तथा स्टाफ कलेज, खड्गदल गणका प्रमुख सेनानी शशिकुमार कार्की नेपाली सैनिक वार कलेज, भवानीदल गणका प्रमुख सेनानी रवि केसी निरीक्षण निर्देशनालय, सिद्धिबक्स गणका प्रमुख सेनानी मुक्ति विक्रम शाहलाई शान्ति कार्य निर्देशनालय पठाइएको छ ।
कालीबहादुर गणका प्रमुख सेनानी अच्युत घिमिरेको सरुवा मध्य पृतना हेडक्वार्टरमा भएको छ । प्रमुख सेनानी भुपेन्द्र गोदर ज्वालादल गणबाट सैनिक तालिम महानिर्देशनालय पुग्नुभएको छ । रणसिंहदल गणका प्रमुख सेनानी रविन्द्र महर्जन नम्बर ९ बाहिनी अड्डा, नम्बर ९ बाहिनी अड्डाका प्रमुख सेनानी चिरञ्जीवी पौडेल जबरजंग गण, बज्रदल गणका प्रमुख सेनानी श्याम आत्रेय पौडेल मध्य पृतना हेडक्वार्टर र नारायणदल गणका प्रमुख सेनानी ईन्द्रराज गुरुङ्गको पनि सरुवा भएको छ । भैरवप्रसाद गणमा कार्यरत प्रमुख सेनानी जनमतबहादुर कार्की उत्तर पश्चिम पृतना हेडक्वार्टर, चण्डीदल गणका प्रमुख सेनानी बरुण केसी – खत्री ) नम्बर २७ बाहिनी अड्डा जाने हुनुभएको छ । प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठ श्रीमेहर गणबाट सैनिक साम्रगी प्राप्ति निर्देशनालय पुग्नुभएको छ । रणबम गणका प्रमुख सेनानी बालमुकुन्द थापा नम्बर २६ बाहिनी अड्डा, ईन्द्रबक्स गणका प्रमुख सेनानी श्यामराजा विक्रम थापा सुदूरपश्चिम पृतना हेडक्वार्टर , समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी विमल केसी नम्बर १ वन तथा पर्यावरण सुरक्षा गण , भैरवनाथ गणका प्रमुख सेनानी विवेकविक्रम शाह नम्बर १८ बाहिनी अड्डामा सरुवा हुनुभएको छ । त्यस्तै प्रमुख सेनानी रविन थापा सैनिक सामग्री प्राप्ति निर्देशनालय, महेश्वर सिलवाल सैनिक इन्टेलिजेन्स निर्देशनालय, राजेन्द्र बोगटी भैरवनाथ गण, सूर्यबहादुर कार्की भैरवीदल गण, सागर थापा युद्धकार्य निर्देशनालय, प्रतिक सिंह कार्की नम्बर १ राजदल गण, प्रविन थापा रणबम गण , नरेश भक्त अधिकारी रणसिंहदर गण र शरद थापा लाई चण्डीदल गणमा सरुवा गरिएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी रवि खड्कालाई नम्बर ३ राजदल गण, पूर्वी पृतना हेडक्वार्टरका प्रमुख सेनानी मोहनकुमार थापालाई ईन्द्रबक्स गण पठाइएको छ । प्रमुख सेनानी रविन श्रेष्ठ सैनिक संगठन निर्देशनालयबाट बज्रदल गण, प्रमुख सेनानी धनराना मगर श्रीमेहर गण, शिवप्रसाद वाग्ले पशुपति प्रसाद गण, दीपेन्द्र अर्याल नम्बर १६ बाहिनी अड्डा, विनयचन्द्र बाँस्तोला पश्चिम पृतना हेडक्वार्टर, रमेश पाण्डे बरख गण, कुमार खड्का ज्वालादल गण, निराजन कटुवाल नम्बर ५ बाहिनी अड्डा, बिके सिंह विश्वकर्मालाई बटुकदल गण सरुवा गरिएको नेपाली सेनाले जनाएको छ ।
भवानीदल गणमा प्रमुख सेनानी भिष्म केसी, ईन्द्रध्वज गणमा धर्मेन्द्र भण्डारी, रणशार्दुल गणमा प्रल्हाद घले, कालीध्वज गणमा गोविन्द विष्ट, नारायणदल गणमा लेखनाथ कटुवाल, भैरव गणमा सुनिल घिमिरे, नन्दाबक्स गणमा सुमन श्रेष्ठ, सिद्धिबक्स गणमा कृष्णचन्द्र ठकुल्ला , भैरवप्रसाद गणमा परिक्षित देउजा, सैनिक ईन्टेलिजेन्स निर्देशनालयमा अशेष पन्थीलाई सरुवा गरिएको छ । रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका प्रमुख सेनानी शैलेन्द्र सिलवालको कालीबहादुर गणमा सरुवा भएको छ । नम्बर २ सैन्य तालिम केन्द्रमा प्रमुख सेनानी बद्री कुँवर र प्रमुख सेनानी विकास अधिकारी नम्बर २ सैन्य तालिम केन्द्र बाट खड्गदल गणमा पुग्नुभएको छ । त्यस्तै प्रमुख सेनानी सुवर्ण खड्का चक्रेश्वर गण, संगम अधिकारी पुष्पक गण, मनिराज घिमिरे नम्बर १ सैन्य तालिम केन्द्र, रामचन्द्र श्रेष्ठ पश्चिम पृतना तालिम शिक्षालय, धिरज थापा सैनिक सामग्री प्राप्ति निर्देशनालय, राजेन्द्र श्रेष्ठ मध्यपश्चिम पृतना तालिम शिक्षालय, हरिहर गिरी सिद्धिदल गण, नरेश सिंह पुजारा उपत्यका पृतना हेडक्वार्टर, नाइजेल सुब्बा भद्रदल गण र सुनिल प्रसाईंलाई जगदल गणमा सरुवा गरिएको छ ।
नेपाली सेनाका अनुसार सरुवा हुने सेनानी (मेजर ) हरुमा उपन कार्की युद्धभैरव गण , प्रल्हाद थापा मगर सैनिक सामग्री प्राप्ति निर्देशनालय, नरेश थापा उपत्यका पृतना हेडक्वार्टर, दिवाकर खड्का अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय , लक्ष्मण खड्का नम्बर २१ बाहिनी अड्डा, सन्तोष केसी नम्बर ३ बाहिनी अड्डा, पुरुषोत्तम कार्की सिंहशार्दुल गुल्म, शिव भंडेल नम्बर ६ बाहिनी अड्डा, कृष्णशरण गुरुङ्ग सैनिक जनसम्पर्क महाशाखा, महेश्वर थापा ईश्वरी बक्स गुल्म र प्रकाश घिसिङ्गलाई शत्रुभन्जन गुल्ममा सरुवा गरिएको छ । यस्तै, श्रीनाथ गणका सेनानी मनोजकुमार राईको कृष्णदल गणमा सरुवा भएको छ । सिद्धिबक्स गणका सेनानी राजेश रानालाई भैरव बाहन गुल्म पठाइएको छ । शान्ति कार्य निर्देशनालयका सेनानी शरद थापा मगर, भगवतीदल गणका सेनानी समिरबहादुर बस्नेत, प्यारा तालिम शिक्षालयका सेनानी प्रेन शाह, शेर गणका सेनानी केशरबहादुर खनालको पनि सरुवा भएको छ ।