मृगौलापिडित रानालाई हङकङबाट आर्थिक सहयोग

पाल्पा, असार २४

मृगौला पिडित पाल्पाका ५७ वर्षिय राजेश राना मगरलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । रम्भागाउँपालिका ३, पिपललडाँडा घर भै तानसेनको बारुदखान वस्दै आएका रानाको मृगौला तथा लिभरमा समस्या भई भारतको एशियन अस्पतालमा उपचार गराइरहेका रानालाई पाल्पा श्रीनगर समाज हङकङको पहलमा १ लाख ५८ हजार २ सय आर्थिक सहयोग गरेको हो ।

तानसेनमा एक कार्यक्रमको आयोजना गरी बिरामीका धर्मपत्नी सुमित्रा राना मगरलाई लुम्बिनी प्रदेश सभा सदस्य पाल्पाका बिर बहादुर राना मार्फत सो सहयोग प्रदान गरिएको मगर संघका पूर्ब केन्द्रिय सदस्य बल बहादुर रानाले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मगर संघ, पाल्पाका अध्यक्ष शान्ती झेडी, संघका पदाधिकारी, मगर महिला संघका पदाधिकारी, पत्रकार लगाएको सहभागीता थियो ।

विगत देखि नै पाल्पामा समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्दे आएको पाल्पा श्रीनगर समाजले आर्थिक रुपमा उपचारको अभावमा परेकाहरु, दैबीप्रकोपमा घरबार विहिन भएकाहरुलाई समेत सहयोग गर्दे आएको पाल्पा श्रीनगर समाज, हङकङका महासचिब झलक थापा मगरले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *