पाल्पामा पहिलो पटक सिभिल प्रयोगशालाको संचालन

पाल्पा, असार १४
पाल्पामा पहिलो पटक सिभिल प्रयोग शाला संचालनमा आएको छ । बगनासकाली गाउँपालिकाले विहिबार देखि प्रयोगशालाको शुरुवात गरेको हो । भौतिक संरचनालाई गुणस्तरीय र पारदर्शी बनाउन पनि सिभिलप्रयोगशाला संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । पुल्चोक इन्जिनियरिङ्ग कलेज, काठमाण्डौं बाट अनुमति प्राप्त सिभिल प्रयोगशाला शुरु भएपछि अव परिक्षणका लागी बुटवल लगाएतका छिमेकी जिल्ला धाउन नपर्ने अध्यक्ष चिदिको भनाई छ ।

झण्डै ३० लाख बढीको लागतमा संचालनमा आएको प्रयोगशालाई प्रभावकारी र पारदर्शी रुपमा संचालन गरिने पालिकाका उपाध्यक्ष हरी पाठकले बताउनुभयो । छिमेकी जिल्लाका प्रयोगशालामा भन्दा सस्तो, भरपर्दो र सही रिपोर्ट आउने गरी प्रयोगशाला संचालन गरिने उपाध्यक्ष पाठकको भनाई छ ।

सरकारी, गैरसरकारी तथा निजि भौतिक संरचनालाई समेत गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदै पालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालले कुनै पनि संरचनाको गुणस्तर परिक्षण पछि मात्रै भुक्तानी दिने गरी अघि बढ्ने बताउनुभयो । पालिकाको आर्थिक भार समेत जोगिएको भन्दै प्रमुख प्रशासकिय अधिकृत लम्सालले आम उपभोक्तालाई पनि पालिकामै प्रयोगशाला संचालनमा आएपछि धेरै राहत मिल्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ, पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, वडा नम्बर ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सना, पालिकाका इन्जिनियर प्रमोद कुवर लगाएतले बोल्दै सिभिल प्रयोगशाला संचालन पछि जिल्लाका अन्य पालिकाहरुलाई समेत सहयोग पुग्ने बताएका छन् । गाउँपालिकाको कार्यालय चिलाङ्गदी भञ्ज्याङ्गनिर निर्माण भैरहेकोले पछि कार्यालयमै सार्ने गरी चिलाङ्गदी निरकै बसन्त प्रा.को भवनमा सिभिल प्रयोगशालाको संचालन गरिएको पालिकाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *