पाल्पा गोल्ड कप उद्घाटन खेलमा पाल्पा–११ को विजयी सुरुवात

पाल्पा, जेठ १५

कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता सोमबारबाट तानसेन टुँडिखेलमा सुरु भएको छ । उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाल्पा ११ का लागि दुबै गोल आशिष रानाले गर्नुभयो । खेल सुरु भएको १२ औं मिनेटमा आशिषले पहिलो गोल गरेर पाल्पा ११ लाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको ९ मिनेटमा पुनः पाल्पा–११ का आशिषले नै अर्को गोल थपेर टिमलाई जिताउन सफल हुनुभएको हो । खेल अवधिभर लिस्नुले एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमै पाल्पाका मनिष गाहाले ३९ मिनेटमा पहेलो कार्ड पाएका थिए । लिस्नु क्लब रुपन्देही पहिलो हाफमा रक्षात्मक खेलेको थियो । दोस्रो हाफमा आक्रामक खेलेको लिस्नु गोल गर्नबाट चुक्यो । पाल्पा–११ का सन्दीप केसी ६ र सुरज रन्जनले ४२ मिनेटमा पहेँलो कार्ड पाए । पहिलो खेलमा म्यान अफ द म्याच घोषित आशिषले नगद ३ हजार पाउनुभयो । राना यसअघि काठमाडौको ‘बि’ डिभिजन क्लब सामाजिकबाट खेलेका थिए ।

मंगलबारको खेल रुपन्देही ११ र नवलपरासी पुर्वको २८ बिघा बीच हुने आयोजक पाल्पा जिल्ला फुटबल संघले जनाएको छ । लिस्नुलाई उद्घाटन खेलमा पराजित गरेको पाल्पा १९ गते शुक्रबार फोर ब्रदर्स नवलपरासी पश्चिम संग खेल्नेछ । प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), रोड्स रामपुर एफसी चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् । समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् । समूह ‘ए’ मा रोड्स रामपुर र गार्डेन पोखराबीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नकआउटको आधारमा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ, ट्रफि पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष राणाले बताउनुभयो । प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याचले ३ हजार पाउने छन् । विद्यागत उत्कृष्टले जनही ६ हजार पाउनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *