आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं। आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संसोधनसहितको दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।

र, सो मस्यौदा प्रतिवेदन माथी प्राप्त संसोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *