गाँउले देउराली पत्रिकाको वार्सिकोत्सवमा कृति बिमोचन, सम्मान तथा आर्थीक सहयोग

पाल्पा, बैशाख ३०
पाल्पाको गाँउले देउराली पत्रिकाको वार्सिकोत्सवमा कृति बिमोचन, सम्मान तथा आर्थीक सहयोग कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका १ ढाक्रेबासमा भएको कार्यक्रमको उद्घाटन गर्दै पूर्बखोला गाउँपालिकाका अध्यक्ष नूनबहादुर थापाले साहित्यकार रामप्रसाद अर्याल द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गर्नुभयो । दिल वहादुरको दुइ छोराहरु नारायण सारु र माधव सारुको घरमा आएर कृति विमोचन गर्नुको खास अर्थरहेको समेत उहाँको भनाई थियो । अध्यक्ष थापाले गाउँले देउरालीले नाम अनुसारको काम विगत ३० वर्ष देखि गरिरहेकोले आफु र संस्थाको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

विकास निर्माण मात्र ठुलो कुरो नभएको भन्दै उहाँले एक्लै रोइरहेको दिलबहादुरलाई सबैको साथ मिलेको महशुस गराई सामाजिक , ग्रामिण अवस्थाको यथार्थता,पिडा बुझेर सहयोग गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।  लेखक र कृतिको परिचय गराउँदै बिभिन्न समस्याका बाबजुद देउराली पत्रिका नियमित संचालन भएकोमा बधाइ तथा शुभकामना सहित पूर्ब सन्चालकहरु बिनयकुमार कसजु देखि अहिले रामचन्द्र नेपाल सम्मको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थाको संघर्षबारे पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो ।
पुस्तकमाथि समिक्षा गर्दै बरिष्ठ साहित्यकार निलकण्ठ न्यौपानेले कृतिभित्र बिभिन्न बिधामा जम्मा ५८ शिर्षकमा गाउँले परिवेशको यथार्थता , सामाजिक सचेतनात्मक , ब्यङग्यात्मक , शिक्षाप्रेरक , सु– सुचित सभ्य समाजको सन्देश दिइएको बताउनुभयो । ग्रामीण जिवन आत्मनिर्भर भए राष्ट्र नै समृद्ध हुने उहाँको भनाई थियो ।  कार्यक्रममा देउराली सप्ताहिक पत्रीकाको लागि योगदान पुर्याउने कृतिका लेखक तथा गाउँले देउराली साप्ताहिकका प्रधान सम्पादक रामप्रसाद अर्याल , साहित्यकार डाक्टर टंकप्रसाद पन्त , पूर्व सम्पादक धातानन्द शर्मा, पूर्ब सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्ब अध्यक्ष गोबिन्दप्रसाद भट्टराई, झमानसिङ दर्लामी , झबिन्द्र देबकोटा लाइ प्रशंसा तथा मायाको चिनोले सम्मान गरिएको थियो । सोही अवसरमा ग्रामीण विकास पाल्पाले गाउँले देउरालीका सह सम्पादकको पहल हिम्मत र शाहसका कारण यस्तो ठाउँमा कार्यक्रम गर्न सकिएको भन्दै संस्थाका सचिव रामचन्द्र नेपाललाई सम्मान गरेको छ । यस्तै संस्थाका कोषाध्यक्ष यादवराज शर्मा तथा पत्रिकाका ब्यवस्थापक रिमा घर्तीमगरलाई समेत सम्मान गरिएको थियो ।

पूर्बखोला गाउपालिका ढाक्रेबासका डिलबहादुर सारुका १२ र १४ बर्षका दुई अपाङग छोराहरु नारायण सारु र माधब सारुलाइ दाम्लोले बाँधेर राखिएको समाचार गाउँले देउरालीले प्रकाशन गरेपछि सो ठाउँमा नै पुगेर कार्यक्रम गरिएको भन्दैे ग्रामिण विकास पाल्पाकि उपाध्यक्ष शुशिला श्रेष्ठले सवैलाई धन्यबाद दिनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार राम प्रसाद अर्याललाई बिशेष धन्यबाद दिदै साहित्यकार डाक्टर टंक पन्थ ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोबिन्द भट्टराई , साहित्यकार धातानन्द शर्मा लगायतकाले गाउले धरातलमा आएर गाउँको वास्तबिकतालाइ उजागर गरी कार्यक्रम गरेकोमा उपलब्धिमुलक रहेको भन्दै देउराली सधै बाचिरहनुपर्ने र कृति वारम्वार आईरहनु पर्ने बताउनु भयो । सो अवसरमा लेखक रामप्रसाद अर्यालले लेखन अवस्था बिषयवस्तु , चुनौती अवसर , प्रतिफल तथा अनुभव बताउनु भयो । गाउले देउराली साप्ताहिकका सचिव रामचन्द्र नेपालको सन्चालन र अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पामा जन्मिएर अमेरीकामा कर्मथलो वनाउनु भएका सागर घिमिरे (गो फण्डमि मार्फत) तथा त्यहाँ कार्यरत नेपालीहरु,यसैगरी पाल्पामा जन्मिएर कोरीयामा अध्ययनरत राजु रसाली र साथीहरु , विभिन्न देशहरुबाट फरक क्षमता भएका दुइ बालकको लागि पहिलो चरणमा संकलन गरिएको रकम गाउँपालिकाका अध्यक्ष थापा र ग्रामीण विकास पाल्पाका अध्यक्ष अर्यालले सयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित समाजसेवी झमान सिं दर्लामिबाट दशहजार तथा त्यहाँ उपस्थित भएका महानुभावहरुले संकलन गरेको रकम दश हजार चार सय रुपैया समेत सोही अवसरमा प्रदान गरिएको थियो । डिल वहादुरको परिवार निकै नाजुक भएको र हाल सम्म पनि टेलिफोन समेत नभएका कारण सहयोग गर्न समेत कठिन भैरहेको स्थानीयले जनाएक छन् । केहि दिन भित्रमा पूर्वखोलामा रहेको एक वैकमा खाता संचालनमा ल्याइने र त्यहि खातामा विभिन्न ब्यक्ति तथा सहयोगीहरुले रकम जम्मा गर्नुका साथै उद्धारको काम गरिने स्थानीयले योजना सुनाएका छन् । इटहरी घर भई हाल अमेरीकामा रहनु भएको मोहन खतीवडाले नेपालमा निकै चर्चित इन्द्रेणीको टिमलाई पूर्वखोलामै ल्याएर ती दुइ बालकहरुको लागि सहयोग जुटाउनलागि आफुले प्रयास गरिरहेको समेत जानकारी दिनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *